शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ का जनप्रतिनीधीले भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतीका लागि दिने

बडिमालिका ७ का जनप्रतिनीधीले भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतीका लागि दिने

  • बिहिबार, कार्तिक ६, २०७७
बडिमालिका ७ का जनप्रतिनीधीले भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतीका लागि दिने

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्या चौकीको स्थरउन्नतीमा दिने निणर्य गरेका छन । दशैको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सार्बजनीक रुपमा चुथी स्वास्थ्य चौकीको जंगा ब्यबस्थापन गर्न सो रकम दिने निणर्य गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
बिगत झै हाम्रो तर्फबाट पिपन्न लाई दशैमा हाम्रो भत्ता बाफतको सहयोग यश बर्ष कोरोनाले देश थला परिरहेको अवस्था लाई मध्यनजर गर वडा अध्यक्ष ले पाउने १८ हजार र वडा सदस्यले पाउने ८ हजार चुथि स्वास्थ्य चौकि स्तर उन्नतिका लागि जग्गा व्यवस्थापनमा सहयोग गर्ने निणर्य गरेका छौँ वडाअध्यक्ष पाध्यायले बताए । आज सम्पन्न बिजया दशमि तथा शुभ दिपावलि शुभकामना आदान प्रदान कार्यक्रममा सो रकम दिने घोषणा गरेको वडा सदस्य धनलाल पाध्यायले बताए । दशैे भत्ता वाफतकाे रकम साे जग्गा ब्यबस्थापनमा सहयाेग गरेकाे वडाअध्यक्ष पाध्यायले बताए ।


शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष धमर्मराज पाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काग्रेसका नेता धनराज पण्डित, नेकपा नेता नन्दराज पण्डित, लक्षि विक, तुलाराम जैशी जंग विक, वडा सदस्य धनलाल पाध्या , प्रर्याग जैशी, धनमति विक कार्यपालिका सदस्य र वडा सदस्य कला थापा, विद्यालय प्रअ, स्वास्थ्य ईन्चार्ज लगाएतको, सहभागीता रहेको वडाअध्यक्ष पाध्यायले जानकारी दिएका छन ।

विगत देखि सामाजिक क्षेत्रमा सहयाेगर्दै अायका वडा अध्यक्षकाे प्रस्तावमा यश बर्ष स्वास्थ्य चाैकी स्तर उन्नतिमा लगानी सबैले सहमति जनाएको हुन ।

चर्चामा

सम्बन्धित समाचार