बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

  • सोमवार, कार्तिक ३, २०७७
धनगढी असई हत्या प्रकरण : थप २ जना पक्राउ

धनगढीमा प्रहरी सहायक निरिक्षक (असइ) गोविन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न भएको आशंकामा थप २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

यसअघि आइतबार प्रहरीले जुगेडा क्षेत्रबाट हत्यामा संलग्न भएको आशंकामा ११ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

शनिबार साँझ नियमित गस्तीमा निस्केका बेला वेपत्ता भएका प्रहरी सहायक निरिक्षक बिकको शव नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटिएको अवस्थामा आईतबार बिहान भेटिएको थियो ।

बिकले बिकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो भने बिकसँग रहेको हतियार अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । बिकको जुगेडा क्षेत्रमा चोरी तस्करीमा संलग्न गिरोहले गरेको हुनसक्ने आशंका गरिएको छ ।

बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार