बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदै

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदै

  • आइतवार, कार्तिक २, २०७७
दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदै

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन लागेको हो।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

दशैंको दोस्रो दिन आज सुदूरपश्चिम सहितका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको भएपनि कोरोना महामारीका कारण यसवर्ष घरमै पूजाआजा गरिन लागेको छ।

मठमन्दिरमा हुने भीडभाडले जोखिम बढाउने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि घरमै पूजापाठ गरिन लागेको हो। दशैँको पहिलो दिन हिजो घर घरमा विधिवत रुपमा जबरा राखिएको थियो्।

चर्चामा

सम्बन्धित समाचार