शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुलगारी परियोजनाकाे कार्यअबधी सकियाे

बुलगारी परियोजनाकाे कार्यअबधी सकियाे

  • शनिबार, कार्तिक १, २०७७
बुलगारी परियोजनाकाे कार्यअबधी सकियाे

बाजुरा जिल्लामा सेभ द चिल्ड्रेनकाे सहयाेगमा पिसविन बाजुराद्धारा संचालित युवा सशक्तिकरण बुल्गारी परियोजनाकाे कार्यअबधी सकिएकाे छ  । बाजुरा जिल्लामा युवा, बालबालिका र शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रम ५ वर्षसम्म संचालन गरेको युवा सशक्तिकरण परियोजना बुल्गारी परियोजना बर्हिगमन भएको शुक्रबार एक औपचारिक कार्यक्रममा बिच सार्वजनिक गरिएको हो ।

बुल्गारी परियोजना बाजुरा जिल्लामा युवालाई सीपमुलक प्रदान गरी व्यवसायीक बनाउने , गरिब तथा जेहेन्दार बालबालिकालाई आर्थिक तथा प्राविधिक सहयोग र शिक्षाका क्षेत्रमा पनि कार्यक्रमको परिधी भित्र रही विभिन्न आर्थिक तथा प्राविधिक सहयोग गरेको परियोजना संयोजक धर्म बहादुर रोकायाले बताए ।

युवा सशक्तीकरण बुल्गारी परियोजनाले बाजुरा जिल्लामा संचालन गर्दा ५ वर्षसम्म गरेका क्रियाकलापहरुको प्रगती प्रतिवेदन पिसविन बाजुराका अध्यक्ष बिमला थापाले सार्वजनिक गर्दै बडिमालिकाका नगरपालिकाका उपप्रमुख कविता विष्टलाई हस्तान्तरण गरेकी छन् । बाजुरा जिल्लामा कार्यक्रम संचालन गर्दै सीपमुलक तालिम दिई धेरै युवाहरुलाई स्वरोजगार बन्न कार्यक्रमले हौसला दिएको जिल्ला समन्वय समिति बाजुराका उप–प्रमुख सुनिता मिजारले बताईन् ।

त्यस्तै वडिमालिका नगरपलिकाका उप–प्रमुख कविता विष्टले बुल्गारी परियोजना बर्हिगमन भएपछि नगरपालिकाको काँधमा जिम्मेवारी आएको बताएकी छन् । परियोजना बर्हिगमन कार्यक्रममा कार्यक्रम संचालन अवधिभर सक्रिय रुपमा काम गर्ने कर्मचारी हिरा सार्की, सेभ द चिल्ड्रेनका प्रेम पुन र पिसविन बाजुरा सम्मानित पनि भएका छन् ।
कार्यक्रम बर्हिगमन सार्वजनिक कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, सरकारी तथा गैरसरकारी कार्यालय कर्मचारीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार