शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • श्रिमति सहित चार छोराछोरी आत्माहत्या गर्ने बाध्य बनाएको भन्दै श्रीमान बिरुद्ध मुद्धा

श्रिमति सहित चार छोराछोरी आत्माहत्या गर्ने बाध्य बनाएको भन्दै श्रीमान बिरुद्ध मुद्धा

२ जनाको शब भेटियो ३ जना अझै भेटिएनन्

  • शुक्रबार, अशोज ३०, २०७७
श्रिमति सहित चार छोराछोरी आत्माहत्या गर्ने बाध्य बनाएको भन्दै श्रीमान बिरुद्ध मुद्धा

बाजुरा–हिमाली गाँउपालिका ५ बस्ने धर्म नेपालीलाई श्रीमति सहित चार छोराछोरीलाई आत्माहत्या गर्न बाध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मुद्धा चलाएको छ । कवाडी खोलामा असोज १६ गते सत्ता नेपालीले चार छोराछोरी सहित कवाडी खोलामा हाम फालेको हुन सक्ने प्रहरी अनुसन्धानले वताएको छ ।
धर्म नेपालीलाई आत्माहत्या गर्न दुस्साहन दिन नहुने महलमा मुद्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले वताएका छन् । नदिमा नुहाउने गएको भएपनि सँगै ५ जना बेपत्ता नहुनु पर्ने सत्ताले छोराछोरी सँगै बोकेर नदिमा हाम फालेको हुन सक्ने प्रहरीले जनाएको छ । धर्मले सधै श्रीमतिलाई कुटपिट गर्ने र हिशां गरिरहने भएकाले सत्ताले नदिमा बच्चा सहित हाम फालेको हुन सक्ने प्रहरीको अनुसन्धान बाट खुलेकोले धर्मलाई मुद्धा चलाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
सासु ससुरा बाट सत्ता नेपालीको परिवार अलग बस्दै आएका थिए । स्थानियका अनुसार सत्ताका श्रीमान धर्म नेपाली बिच दैनिक जसो झै झगडा भइरहने वताएका छन् । घरमा खान लाउन नपुग्ने, धर्म सधै जसो मदिरा खाइरहने भएकाले झगडा हुने गरेको स्थानियले वताए । यसले गर्दा पनि सत्ताले छोराछोरी सहित हाम फालेको हुने सक्ने स्थानिय बताँउछन् । कवाडी नदि किनारामा केही लुगा फेला परेको थियो । एक स्थानियले भने सत्ता र उनका छोराछोरी भएको ठाँउ कुनै नुहाउने ठाँउ नभएको पक्कै पनि उनि हाम फाल्न त्यहाँ गएको हुन्, अर्को उनि पारिवारीक रुपमा निकै तनाब रहेको वताए ।
नदिमा बेपत्ता भएका सहित ५ जना मध्ये २ जनाको शब फेला परेको छ । फेला पर्नेमा ३० बर्षिय सत्ता नेपाली र उनकि ४ बर्षकी छोरी सन्तोषि नेपाली रहेकी छन् । दुबै जनाको शब कर्णाली नदिमा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले वताएका छन् ।
सत्ता नेपाली बेपत्ता भएको ठाँउ बाट ५ किलोमिटर टाढा कर्णाली नदिमा फेला परेकी हुन भने छोरी जगन्नाथ गाँउपालिकाको पिलिचौर बाट ४ किलोमिटर टाढा शब फेला परेको जिल्ला प्रहरी कार्यलयल बाजुराले जनाएको छ । सत्ताका ३ जना छोरा छोरी भने अझै भेटिएका छैनन् । सत्ताले ४ छोराछोरी सहित कवाडी खोलमा हाम फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।
सत्ताको घर कवाडी खोला नजिकै रहेको छ । उनको घर कवाडी खोला किनारा रहेको छ । दिउसो ति र उनका बच्चा सहित कवाडी खोला रहेको उनकि सासुले देखेको प्रहरी कहाँ खुलेको छ । उनि देखिएको ठाँउबाट कर्णाली नदि २ सय मिटर टाढा रहेको छ । उनि भएको ठाँउ गाँउलले नुहाउने ठाँउ पनि नरहेकोले उनले छोराछोरी सहित हाम फालेको हुन सक्ने स्थानियले वताएका छन् ।सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली अझै फेला परेका छैन ।

चर्चामा

सम्बन्धित समाचार