शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • जापान बस्ने हेमाद्धारा अपांग महिलालाई आर्थिक सहयोग

जापान बस्ने हेमाद्धारा अपांग महिलालाई आर्थिक सहयोग

  • शुक्रबार, अशोज ३०, २०७७
जापान बस्ने हेमाद्धारा अपांग महिलालाई आर्थिक सहयोग

बाजुरा–जापान बस्ने हेमा गुरुङले अपांग महिलालाई आर्थिक सहयोग गरेकि छन् । गौमुल गाँउपालिका ४ बस्ने ४१ बर्षिय नन्दा विकलाई १० हजार  गाैमुल गाँउपालिका नासु पदमा कार्यरत कर्मचारि कमला रेग्मि मार्फत हस्तान्तरण गरिएकाे छ ।

नन्दा शारिरिक रुपमा अपा‌ंग भएकाे समचार र भिडियाे बडिमालिका खबरमा प्रकाशित गरेपछि जापान बस्दै आएकि हेमाले बडिमालिका खबर मार्फत सहयाेग गरेकी हुन् । उनले आफ्नाे पिडा गित मार्फत सुन्दा निकै दुखित भएपछि दशैकाे मुखमा थाेरै भएपनि उनलाइ सहयाेग हाेस भनेर रकम सहयाेग गरेकाे हेमाले वताइन् । नन्दा लाइ याे भन्दा पहिला पनि बडिमालिका खबरकाे समन्वयमा आर्थिक सहयाेग गरेकाे बडिमालिका खबरका सम्पाद प्रकाश सि‌हंले वताएका छन् । हेमा जापानमा बस्दै आएपनि नेपालमा दिनदुखी र असाहयलाइ सहयोग गर्दै आएकी छन् ।

नन्दा बिचित्रकि शारीरिक अपांग छन् । आमा बुवाको कुष्ठरोगका कारणले उनि तिन बर्षकै हुदा मृत्यु भएको थियो । उनका दाई भाई कोहि छैन् ! खिरसेर हिडछन्, तर बोल्न प्रष्ट सक्छन् । ४१ बर्ष देखि त्यहि एउटै ठाउमा छन् । रहर त धेरै छन्, तरपनि उनी सबैतिर बाट ठगिएकि छन्, सहयोग हस्तान्तरणमा पुगेकी कमला रेग्मिले वताएकि छन् । नन्दाको गित रचना र गायन क्षेत्रमा उनको निकै प्रतिभा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार