शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कवाडी खोलामा बेपत्ता भएका आमा र एक छोरीकाे शब भेटियो

कवाडी खोलामा बेपत्ता भएका आमा र एक छोरीकाे शब भेटियो

३ जना अझै भेटिएनन्

  • शुक्रबार, अशोज ३०, २०७७
कवाडी खोलामा बेपत्ता भएका आमा र एक छोरीकाे शब भेटियो

बाजुरा–हिमाली गाउँपालिका ५ को कवाडी खोलामा असोज १६ गते बेपत्ता भएका सत्ता नेपाली र उन छोराछोरी सहित ५ जना मध्ये २ जनाको शब फेला परेको छ । फेला पर्नेमा ३० बर्षिय सत्ता नेपाली र उनकि ४ बर्षकी छोरी सन्तोषि नेपाली रहेकी छन् । दुबै जनाको शब कर्णाली नदिमा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले वताएका छन् ।
सत्ता नेपाली बेपत्ता भएको ठाँउ बाट ५ किलोमिटर टाढा कर्णाली नदिमा फेला परेकी हुन भने छोरी जगन्नाथ गाँउपालिकाको पिलिचौर बाट ४ किलोमिटर टाढा शब फेला परेको जिल्ला प्रहरी कार्यलयल बाजुराले जनाएको छ । सत्ताका ३ जना छोरा छोरी भने अझै भेटिएका छैनन् । सत्ताले ४ छोराछोरी सहित कवाडी खोलमा हाम फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।
सत्ताको घर कवाडी खोला नजिकै रहेको छ । उनको घर कवाडी खोला किनारा रहेको छ । दिउसो ति र उनका बच्चा सहित कवाडी खोला रहेको उनकि सासुले देखेको प्रहरी कहाँ खुलेको छ । उनि देखिएको ठाँउबाट कर्णाली नदि २ सय मिटर टाढा रहेको छ । उनि भएको ठाँउ गाँउलले नुहाउने ठाँउ पनि नरहेकोले कतै उनले छोराछोरी सहित हाम फालेको हुन सक्ने स्थानियले वताएका छन् । एक प्रहरी अधिकारीले भने नुहाउने बेला डुबेर बेपत्ता भन्दा पनि हाम फालेको हुन सक्ने वताएका छन् ।
सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली अझै फेला परेका छैनने । सासु ससुरा बाट सत्ता नेपालीको परिवार अलग बस्दै आएका थिए । स्थानियका अनुसार सत्ताका श्रीमान धर्म नेपाली बिच दैनिक जसो झै झगडा भइरहने वताएका छन् । घरमा खान लाउन नपुग्ने, धर्म सधै जसो मदिरा खाइरहने भएकाले झगडा हुने गरेको स्थानियले वताए । यसले गर्दा पनि सत्ताले छोराछोरी सहित हाम फालेको हुने सक्ने स्थानिय बताँउछन् । कवाडी नदि किनारामा केही लुगा फेला परेको थियो । एक स्थानियले भने सत्ता र उनका छोराछोरी भएको ठाँउ कुनै नुहाउने ठाँउ नभएको पक्कै पनि उनि हाम फाल्न त्यहाँ गएको हुन्, अर्को उनि पारिवारीक रुपमा निकै तनाब रहेको वताए ।
तर घटना निकै रहस्यमय बनेको छ । शुरुमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएको खबर सार्वजनिक भएपनि तर कतै सत्ताले छोराछोरी सहित हाम फालेको हुन सक्ने पनि आशंका थालिएको छ ।

चर्चामा

सम्बन्धित समाचार