शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढिगंगा नदिमा बेलिब्रिज बनाउन १ करोड ८८ लाखको ठेक्का

बुढिगंगा नदिमा बेलिब्रिज बनाउन १ करोड ८८ लाखको ठेक्का

तिन देखी चार महिनामा बेलिब्रिज बन्दै

  • बिहिबार, अशोज २९, २०७७
बुढिगंगा नदिमा बेलिब्रिज बनाउन १ करोड ८८ लाखको ठेक्का

बाजुरा–बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिबिज्र बनाउने प्रक्रिया अगाडि बढेको छ । सडक डिभिजन कार्यलय साँफेबगरले असोज २७ गते बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको डिभिजन प्रमुख ललित खनालले वताएका छन् ।
कैलालीको गोदावारीमा मौज्जात रहेको बेलिब्रिज ल्याउने गरि ठेक्का शुरु गरेको सडक बिभागले बताएको छ । ठेक्का खोलेका छौ, सम्झौता भएको २ महिना भित्र निर्माण गरिसक्ने योजना रहेको प्रमुख खनालले वताएका छन् । अहिले को हिसाबले हेर्दा अबको तिन देखी चार महिना सम्म निर्माण गरिसक्ने रहेको उनले वताए ।
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण गर्ने सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् । सक्दो सम्म चाडो निर्माण गर्ने लाग्ने उनले वताए ।
बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि मात्र संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा शुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।


संघिय सरकार र प्रदेश सरकारका उच्च ब्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर प्रक्रियामा लिदा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक बिभागले बनाएको वताएको छ । साँफे मार्तडी सडक खण्डको जडाङ्गा सम्म सडक समेत खुलाउने काम भइसकेको छ । बुढिगंगा नदि यता र उता सबै सडक खोलेर सडक सञ्चालनमा आइसकेको छ, बेलिब्रिज बनाउने प्रक्रिया बनेपछि पुर्ण रुपमा साँफे मार्तडी सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।
बेलिबिज्र बगाएको ठाँउमा पहिला स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । पछि नेपाली सेना र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । प्रमुख जिल्ला अधिकारी गैह्रेले भने बुढिगंगा नदिमा पानि फिजाएर गाडि पास गर्ने योजना त गरेका छौ, तर पानिको बहाफ धेरै भएकाले अलि समस्या भएको वताएका छन् । सरकारका उच्च अधिकारी आएको बेला त चाडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुरा बासि खुशि भएका छन् । २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार