बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार साढे ११ बजे

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार साढे ११ बजे

  • बिहिबार, अशोज २९, २०७७
नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार साढे ११ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको सपथ बिहीबार साढे ११ बजे लिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सपथ समारोह राष्ट्रपति कार्यालयमा बिहीबार साढे ११ बजेका लागि तोकिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार