बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • क्रिकेट
  • राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

  • बिहिबार, अशोज २९, २०७७
राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

आइपिएलमा दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो। पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो। दिल्लीका लागि ‌ओपनिङ ब्याट्सम्यान शिखर धवनले ५७ रन र कप्तान श्रेयस इयरले ५३ रन जोडे।

त्यसअघि ‌ओपनर पृथ्वी शा पहिलो बलमै आउट हुँदा अजिन्का राहाणेले २ रन मात्र जोड्न सके। दुवैलाई राजस्जथानका जोफ्रा आर्चरले आउट गरे। दिल्लीका लागि मार्कोस स्टोइनिसले १८ रन र एलेक्स क्यारीले १४ रनको योगदान दिए। बलिङमा राजस्थानका आर्चरले ३ विकेट लिए। उनले चार ओभरमा केवल १९ रन खर्चिए।

१६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर बेन स्टोक्सले ४१ रन जोडे। रविन उथप्पाले ३२ रन बनाउँदा जोस बटलरले २२ रन र सन्जु सामसनले २५ रनको योगदान दिए।

बलिङमा दिल्लीका एनरिच नोर्ट्जे र तुसार देशपाण्डेले २-२ विकेट लिए। कागिसो रबाडा, रविचन्द्रन आस्विन र अक्षर पटेलले १-१ विकेट हात पारे।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ। राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स ११ पञ्जावबीच खेल हुनेछ।

चर्चामा

सम्बन्धित समाचार