बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • यौन स्वास्थ्य
  • किन महिलामा यौन शिथिलता ?

किन महिलामा यौन शिथिलता ?

  • मङ्लबार, अशोज २७, २०७७
किन महिलामा यौन शिथिलता ?

यदि तपाईं आफ्नो पार्टनरसँग धेरै दिनदेखि यौन सम्बन्धका लागि असहमति जनाउँदै हुनुहुन्छ भने यो तपाईंको मानसिक कारण मात्र नहुन सक्छ । शारीरिक कारणले पनि यस्तो समस्या निम्त्याउन सक्छ ।

यसलाई यौन अक्षमता अर्थात् यौन शिथिलता पनि भनिन्छ । यो शब्दको प्रयोग त्यस्ता व्यक्तिका लागि गरिन्छ, जसले आफ्नो पार्टनरलाई यौनसम्बन्धको क्रममा कुनै किसिमको सहयोग गर्दैन । यसलाई अंग्रेजीमा सेक्सुअल डिसफङ्सन पनि भनिन्छ । महिलाहरुमा एफएसडी हुने विभिन्न कारणहरु हुन सक्छन् । जस्तै यौन सम्बन्ध राख्दा पीडा हुनु अथवा मनोवैज्ञानिक कारण । प्रायः जसो एफएसडीलाई मनोवैज्ञानिक कारणहरुका लागि जिम्मेवार मानिन्छ । यो परिदृश्यमा महिलाहरुका लागि कुनै डाक्टरसँग सहयोग लिनु महत्वपूर्ण हुन्छ ।

मनोवैज्ञानिक कारण

चिकित्सकहरुका अनुसार यौनसम्बन्ध शारीरिक आवश्यकता हुनसक्छ । तर, महिलाहरुका लागि यो एक भावनात्मक कुरा हो । त्यस्ता कुनै नराम्रा अनुभवहरुका कारण केही महिलाहरु भावनात्मक रुपले टुटेका हुन्छन् । वर्तमानमा भएका नराम्रो अनुभवहरुका कारण मनोवैज्ञानिक कुराहरु अथवा यसको अर्को कारण अवसाद पनि हुनसक्छ ।

अर्गेज्मसम्म पुग्न नसक्नु

एफएसडीको अर्को भागलाई एनोर्गस्मिया भनिन्छ । यो स्थिति त्यो बेलामा हुन्छ जब व्यक्तिलाई अर्गेज्म हुँदैन अथवा उ त्यहाँसम्म कहिले पुग्न पाउँदैन । अर्गेज्मसम्म पुग्न असमर्थता पनि एउटा मेडिकल कन्डिसन हो । यौनमा कम रुचि हुनु र अर्गेज्मसम्म पुग्न असमर्थता दुबै स्थिति नै गम्भीर हुन्छ । महिलाहरुले धेरै यौन सम्बन्धमा कामोत्तेजना (फोरप्ले) मन पराउने भएकाले पनि यस्तो हुनसक्छ । यदि त्यस्तो भएको छैन भने अर्गेज्म (चरमसुख) सम्म पुग्न कठिन हुन्छ ।

यसलाई मनोचिकित्साको माध्ययमबाट उपचार गर्न सकिन्छ । महिलाहरुलाई आफ्नो सम्बन्ध यौनका कारण विभिन्न समस्याहरु हुन्छन् । यदि तपाईंले पनि त्यस्ता कठिनाईहरुको सामना गर्नु परेको छ भने आफैं एन्ड्राजिस्टलाई तुरुन्त देखाउनुपर्छ । जसकारण यो समस्याले तपाईंको सम्बन्धलाई प्रभावित गर्न नसकोस् ।

एफएसडीको जाँच र उपचार

एफएसडीको उपचारमा घरेलु उपचारले त्यति धेरै असर पुर्‍याउँदैन । बजारमा विभिन्न किसिमका भिएग्रा उपलब्ध छन् । तर, यसले सामान्यतया अपेक्षित नतिजा दिन सक्दैन । महिलाहरुले लेजरसँग योनीको कायाकल्प ट्राई गर्न सक्छन् ।

पीआरपी थेरापी

पीआरपी थेरापी पनि अपनाउन सक्नुहुन्छ । यसमा रक्त परिसञ्चरणमा सुधार गर्नका लागि योनी नजिक इन्जेक्सन दिइन्छ । यसलाई ओ-शर्टको रुपमा चिनिन्छ ।

यौन परामर्श

यदि यौन सम्बन्धको आनन्द लिन सकिरहनु भएको छैन भने चिकित्सकलाई देखाउनुपर्छ । यसमा दुबै सहभागीहरुका लागि यौन परामर्श उपयोगी हुनसक्छ । जीवनशैली परिर्वतन गर्ने र फरक-फरक पोजिसन कोसिस गरेर यसलाई अझ बढी रोचक बनाउने कोसिस गर्नु उपयोगी हुनसक्छ । योनी क्रिम पनि ट्राई गर्न सकिन्छ । धेरै जसो महिलाहरु विशेष गरेर ५० वर्षको भए पछि सम्भोग सुरु गर्नुभन्दा पहिला बढी उत्तेजना र फोरप्लेको आवश्यकता हुन्छ । लिङ्ग प्रवेश हुँदा धेरै महिलाहरुलाई सम्भोगको क्रममा उत्तेजना हुँदैन । त्यो समयमा हस्तमैथुन अथवा मौखिक सेक्स जस्ता अन्य यौन गतिविधिहरु सहायक हुन सक्छ ।

चर्चामा

सम्बन्धित समाचार