शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई सचेतकको जिम्मा

कर्णालीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई सचेतकको जिम्मा

  • मङ्लबार, अशोज २७, २०७७
कर्णालीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई सचेतकको जिम्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।
कालीकोटका प्रदेशसभा सदस्य शाहीले गत आइतबार मुख्यमन्त्री तथा दलका नेता महेन्द्र शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । त्यसको दुुई दिनपछि मंगलबार आज मुख्यमन्त्री शाहीले कुर्मराजलाई सचेतक नियुक्त गरेका हुन् ।

केन्द्रका केही नेताहरुले असन्तुष्ट पक्षलाई नै सहमतिमा ल्याउने प्रयास गरेपनि ओलीपक्ष सहमतिमा नआएपछि मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका नेताहरुले माधव नेपाल समूहका हस्ताक्षर कर्ताहरुलाई सहमतिमा ल्याएका हुन् । माधव नेपाल पक्षका सदस्यहरु आज बोलाएको बैठकमा समेत गएन्न । उनीहरु नगएपछि यमलाल कँडेल लगायतका नेताहरु भेला भएपनि बैठक बस्न सकेन ।

माधव कुमार नेपाल समूहलाई सहमतिमा ल्याउन मुख्यमन्त्री शाही पक्ष मन्त्रिपरिषद् पुनर्गठन र खाली रहेको सचेतक पदमा माधव नेपाल समुहका नेताहरुलाई लैजान तयार भएको स्रोतको भनाई छ । सोमबार दलका नेता शाहीले गुलावजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार