शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई सचेतकको जिम्मा

कर्णालीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई सचेतकको जिम्मा

  • मङ्लबार, अशोज २७, २०७७
सेयर गर्नुहोस् :
कर्णालीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई सचेतकको जिम्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।
कालीकोटका प्रदेशसभा सदस्य शाहीले गत आइतबार मुख्यमन्त्री तथा दलका नेता महेन्द्र शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । त्यसको दुुई दिनपछि मंगलबार आज मुख्यमन्त्री शाहीले कुर्मराजलाई सचेतक नियुक्त गरेका हुन् ।

केन्द्रका केही नेताहरुले असन्तुष्ट पक्षलाई नै सहमतिमा ल्याउने प्रयास गरेपनि ओलीपक्ष सहमतिमा नआएपछि मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका नेताहरुले माधव नेपाल समूहका हस्ताक्षर कर्ताहरुलाई सहमतिमा ल्याएका हुन् । माधव नेपाल पक्षका सदस्यहरु आज बोलाएको बैठकमा समेत गएन्न । उनीहरु नगएपछि यमलाल कँडेल लगायतका नेताहरु भेला भएपनि बैठक बस्न सकेन ।

माधव कुमार नेपाल समूहलाई सहमतिमा ल्याउन मुख्यमन्त्री शाही पक्ष मन्त्रिपरिषद् पुनर्गठन र खाली रहेको सचेतक पदमा माधव नेपाल समुहका नेताहरुलाई लैजान तयार भएको स्रोतको भनाई छ । सोमबार दलका नेता शाहीले गुलावजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार