बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • यौन सम्बन्धले स्वास्थ्यमा के फाइदा गर्छ ?

यौन सम्बन्धले स्वास्थ्यमा के फाइदा गर्छ ?

  • आइतवार, अशोज २५, २०७७
यौन सम्बन्धले स्वास्थ्यमा के फाइदा गर्छ ?

वैवाहिक जीवनमा दम्पतिबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यौनले जसरी महत्वपूर्ण भूमिका निर्वाह गर्छ, ठिक त्यसैगरी स्वास्थ तथा सौन्दर्यका लागि पनि यौनले प्रभावकारी भूमिका निर्वाह गर्दछ ।

विभिन्न अध्ययन तथा अनुसन्धानबाट प्रँप्त निष्कर्ष के छ भने नियमित रुपमा राखिने यौन सम्बन्धले विभिन्न प्रकारका रोग तथा शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले खासगरी तनाव, डिप्रेसन, प्रोस्टेट सम्बन्धि समस्याका साथै मोटोपना तथा आस्टियोपोरोसिस जस्ता समस्यामा नियमित यौन सम्पर्कले सकारात्मक फाइदा पुर्‍याउने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् ।

यौन सम्पर्कमा शारीरिक स्पर्शको भूमिका महत्वपूर्ण मानिन्छ । हुन त प्रेमी-प्रेमिका हुन् अथवा लामो समयपछि भेटिएका दम्पत्ति नै किन नहुन्, एक झलक पाउने बित्तिकै उनीहरुको शरीरमा रासायनिक प्रक्रिया प्रारम्भ भैसक्छ । त्यसपछि उनीहरुले एक-अर्कालाई गर्ने शारीरिक स्पर्शले उनीहरुलाई आनन्दको उत्कर्षमा पुर्‍याइदिन्छ । हाम्रो दिमागमा एक प्रकारको केमिकल (फेनिलेथाइलेमाइन अथवा पीईए) हुन्छ, एक-अर्काको शारीरिक स्पर्शले मात्र पनि यो केमिकल तीव्र रुपमा श्राव हुन थाल्छ । प्रेमी अथवा श्रीमान् टाढा भएको बेला अथवा मनमुटाव भएको बेला उक्त रसायनको श्राव बन्द हुन्छ । उक्त रसायनका श्राव बन्द भएको बेला शरीरमा एक प्रकारको निराशा तथा थकान हुने पनि अध्ययनले देखाएको छ ।

यौन सम्बन्धमा चुम्बनको भूमिका पनि महत्वपूर्ण मानिन्छ । यसले दुबैलाई रोमाञ्चित बनाउँछ । विशेषज्ञहरुका अनुसार एक-अर्कालाई चुम्बन गर्दा शरीरमा एपोक्राइन ग्लाडरबाट एक प्रकारको विशेष हार्मोन (रसायन) निस्कन्छ । जसका कारण चुम्बनका क्रममा एक प्रकारको मनमोहक सुगन्ध निस्कन्छन, जसले यूगल जोडीलाई अझ बढि रोमान्टिक बनाउँछ । उक्त हार्मोनले प्रेमी-प्रेमिकाबीचको रोमान्टिक क्ष्ँणलाई अझ रोमान्टिक बनाउन सहयोग पुर्‍याउँछ ।

यौन सम्पर्कको क्रममा शरीरबाट विभिन्न प्रकारका हार्मोनहरु निस्कन्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ र सुन्दर बनाउन सहयोग पुर्‍याउँछ ।

नियमित यौन सम्पर्क राख्नाले आस्टियोपोरोसिस नाम गरेको रोग लाग्दैन । यौन सम्पर्कले एन्डोफिर्न हार्माेनको मात्र बढ्छ, जसले छाला सुन्दर, कोमल तथा चम्किलो बनाउँछ ।

एस्ट्रोजन नामक हार्माेन शरीरका लागि चमत्कारिक मानिन्छ, जसले हामीलाई अनौठो सुखको अनुभूति गराउँछ । नियमित तथा स्वस्थ यौन क्रियाकलापमा सक्रिय हुने दम्पतीहरु अरु भन्दा अझ बढि खुशी देखिने काुरण पनि यही नै हो । उनीहरु लामो समयसम्म सुन्दर नै रहिरहन्छन् । त्यस्ता दम्पत्तिहरुमा उत्तेजना, उमंग एवं आत्मविश्वास पनि अरुको तुलनामा बढि नै पाइन्छ । यौन क्रियाकलापबाट टाढा रहने खोज्ने जोडीहरुमा लाज, सञ्कोच, अपराधबोध तथा तनाव तुलनात्मक रुपमा बढी नै पाइन्छ ।

हाम्रो दिमागलाई स्वस्थ, फूर्तिलो तथा तनावरहित राख्न समेत नियमित यौन संसर्ग हुनु अनिवार्य मानिएको छ । बिहानीपख गरिएको यौन सम्पर्कले दिनभरी ताजा राख्न सहयोग गर्ने समेत केही अनुसन्धानहरुको निचोढ छ ।

यौन सम्पर्कको क्रममा फोरोमोन्स नामक एउटा रसायनले शरीरमा एक प्रकारको सुगन्ध फैलिन्छ । उक्त सुगन्धले व्यक्तिको मन र मस्तिष्कलाई अत्यधिक सुख तथा शान्ति प्रदान गर्छ । नियमित यौन संसर्गले मुटु रोग, मानसिक तनाव, रक्तचाप तथा हार्ट एट्याकबाट पनि जोगाउँने विशेषज्ञहरुको ठहर छ ।

यौन सम्पर्क राख्ने क्रममा महिला तथा पुरुषको मुटुको धड्कन बढ्नु, रक्तचाप बढ्नु, श्वास-प्रश्वासको गति बढ्नु आदि सामान्य कुराहरु हुन् । मस्तिष्कको एउटा अत्यन्त सानो भागलाई लिम्बिक सिस्टम भनिन्छ । उक्त सिस्टम डर, तनाव तथा यौन सम्पर्कबाट सञ्चालित हुन्छ । तनाव भएको बेला अथवा यौन सम्पर्कको क्रममा मस्तिष्कमा नारपाइनफिरन, इपाइनाफिरन र डोपामाइन जस्ता महत्त्वपूर्ण हार्माेनको उत्पादन बढ्छ । यी त्यस्ता हार्मोनहरु हुन्, जसले व्यक्तिलाई सन्तुलित बनाउँछ । ती हार्मोनको काम भनेकै व्यक्तिलाई हरेक अवस्थामा सन्तुलनमा राख्नु नै हुन्छ । खासगरी यी तीन वटै हार्मोनले हाम्रो मानसिक अवस्थालाई पनि सन्तुलित बनाउँछ ।

लामो समयदेखि तनावको जीवन बाँचिरहेका पुरुषहरुमा टेस्टोस्टेरोन हार्माेनको स्तर घट्छ र अक्सिटोसिनको उत्पादन पनि कम हुन थाल्छ । यस्तो अवस्थामा तनावसंग लड्नका लागि यौन सम्पर्कले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

पुरुषहरुमा उमेर बढेसँगै प्रोस्टेट ग्रन्थीमा समस्या उत्पन्न हुन थाल्छ । त्यसले पिसाब फेर्नमै समस्या हुन्छ । यद्यपि, नियमित यौन सम्पर्कले यो समस्यालाई निराकरण गर्न सक्छ । यौन सम्पर्कबाट प्रोस्टेट ग्रन्थीको वरपरको मांसपेशीमा तनाव उत्पन्न हुन्छ, जसबाट प्रोस्टेटभित्र रहेको अतिरिक्त द्रव पदार्थ बाहिर निस्कन्छ र समस्या समाधान हुन्छ । तर, त्यसका लागि तपाईर्हरुले यौन सम्बन्धलाई नियमित बनाउनु पर्छ ।

बढिरहेको तौललाई नियन्त्रणमा राख्न पनि यौन सम्बन्धले सहयोग पुर्‍याउँछ । एउटा अनुसन्धानका अनुसार एक पटकको यौन सम्पर्कबाट पाँच सय क्यालोरी घट्छ । हप्तामा तीन पटक यौन सम्पर्कमा सक्रिय भए वर्षभरीमा करिव ७८ हजार क्यालोरी नष्ट हुन्छ । कामसूत्रमा उल्लेख गरिएका आसनहरु प्रयोग गर्नाले एक पटकमा ६५ भन्दा धेरै क्यालोरी नष्ट गर्न सकिन्छ । यौन सम्पर्कको क्रियाकलापले एरोबिक्सको काम समेत गर्छ । यौन सम्पर्कका क्रममा हुने उत्तेजनाले मांसपेशी फैलने र खुम्चने हुन्छ । यो प्रक्रियाले मांशपेशी समेत सुदृढ हुन्छ । एक पटकको यौन सम्पर्क एउटा राम्रो व्यायाम अथवा १०-१२ राउन्डको पौडीको भन्दा प्रभावकारी हुने बताइन्छ ।

विशेषज्ञहरूका अनुसार यौन सम्पर्क राख्ने क्रममा गरिएको चुम्बन पनि मोटोपन घटाउनमा सहयोगी हुन्छ । उनीहरुका अनुसार यौन सम्पर्कको बेला गरिने चुम्बनले करिव ९ क्यालोरी ऊर्जा खर्च गराउँछ । ३ सय ९० पटक चुम्बन गरे आधा केजीसम्म वजन घट्छ ।

महिलाहरुको कम्मर कम्मर दुखाइ, ढाड दुखाइ तथा गर्दन दुखाइमा पनि नियमित यौन सम्पर्कले राहत प्रदान गर्छ । यसबाहेक यसले टाउको दुख्ने, माइग्रेन, मस्तिष्कको नशामा हुने संकुचन, हिस्टेरिया आदिमा पनि राहत प्रदान गर्छ ।

चर्चामा

सम्बन्धित समाचार