शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ अौं साधारण सभा सुरू

न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ अौं साधारण सभा सुरू

  • शनिबार, अशोज २४, २०७७
न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ अौं साधारण सभा सुरू

बाजुरा —  त्रिवेणी न.पा ९ ताम्सुमा रहेको न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ अौं साधारण सभा तथा सातौं अधिवेशन अाजफबाट सुरू भएको छ । संस्थाका अध्यक्ष मन बहादुर थापाको अध्यक्षतामा संचालन भएको  हाे ।

कार्यक्रमको प्रमुख अथिती त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, बिशिस्ट अथिति त्रिबेणी नगरपालिका वडा न ९ का वडा अध्यक्ष वीर बहादुर विष्ट, जिल्ला समन्वय समितिका सदस्य अशाडी मिजार,शिक्षक माहासंघ केन्द्रीय सदस्य तथा पार्वती माध्यमिक विद्यालयका प्र .अ कर्ण बहादुर थापा अन्य ९ का वडा सदस्य पदम देउबा ,खिन्न सत्य देवि माध्यमिक विद्यालयका प्र . अ डम्बर खन्त्री सहकारी शेयर सदस्य लगाएत २०० भन्दा बढीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको स्वागत मतव्य सल्लाहकार समिति संयोजक नन्द बहादुर थापा राखेका थिए  भने कार्यक्रमको संचालन संस्था सचिव पारश थापाले गरेका थिए। संस्थाको अार्थिक प्रतिवेदन संस्था अध्यक्ष मन बहादुर थापाले गरेका थिए ।अापसी सहयोग सद्भाव सामाजिक रूपान्तरण लागि सहकारी ´´कार्यक्रमको नाराका साथ अाजदेखी साधारण सभा सुरू भएकाे मदन थापाले बताएका छन । हाल त्रिवेणी नगरपालिका भरी कार्य क्षेत्र बनाएर तोलीमा उपशाखा कार्यालय रहेको सहकारीले २०६१ सालमा ५० जना शेयर सदस्यबाट सुरू भएको हाल महिला ३२३र ४०८पुरूष र १० संस्थागत गरि जम्मा ७४१ शेयर सदस्य रहेका छन्।संस्थाले हाल सम्म १,३४,८८,४०८बचत रहेको छ। कार्यक्रम सहकारी संस्थाको भवनमा संचालन भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार