बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • अलपत्र चार भाइबहिनीलाइ शान्ति सेवा गृह काठमाडौले उद्धार

अलपत्र चार भाइबहिनीलाइ शान्ति सेवा गृह काठमाडौले उद्धार

  • शनिबार, अशोज २४, २०७७
अलपत्र चार भाइबहिनीलाइ शान्ति सेवा गृह काठमाडौले उद्धार

बाजुरा–बुढिगंगा नगरपालिका ६ बोरावाडामा अलपत्र चार भाइबहिनिलाई काठमाडौमा रहेको शान्ति सेवा गृह तिलगंगाले उद्धार गरेको छ । सेप्टेम्बर २९ मा दि हिमालयन टाइम्स अनलाइन र बडिमालिका खबरमा चार भाइबिहिनी अलपत्र रहेको समचार प्रकाशित पछि चार भाइबहिनीलाई उद्धार गरेको शान्ति सेवा गृह तिलगंगाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । उनिहरुको पालनपोषण सबैको जिम्मा संस्थाले लिने गरि उद्धार गरेको छ ।
दि हिमालय टाईम्स अनलाइनमा समचार प्रकाशित भएपछि जर्मन नागरिक Marianne grospietch ले जर्मनमा नै समचार पढेपछि उनको सल्लाह तथा सहयोगले उद्धार गरेको बिजेन्द्र कुवरले वताएका छन् । Marianne grospietch शान्ति सेवा गृहको संस्थागत फाउन्डर रहेकी छन् । उनले समचार पढेर खबर हामिलाई खबर गरिन्, नगरपालिकामा सबै प्रक्रिया पुयाएर काठमाडौ ल्याएको संस्थाले बताएको छ । यिनिहरुको शिक्षा दिक्षा र पालनपोषणमा Marianne grospietch ले गर्ने रहेको छ । ३५ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् ।
समचार प्रकाशित पछि संस्थाले नगरपालिकालाई पालनपोषण गर्ने गरि पत्रचार गरेको सबै प्रक्रिया पुयाएर काठमाडौ संस्थाले लगेको आफन्त मन बोहोराले वताएका छन् । बुवाको २०७३ सालमा कार्तिकमा मृत्यु भएपछि आमाले अर्को बिहे गरेपछि चारभाइ बिहिन अलपत्र रहेको थिए । त्यस्तै समचार प्रकाशित भएपछि सगरमाथा आरोही जाङगु शेर्पा र जर्मन नागरिक Margarita Parrish ले लुगा किनेर सहयोग गरेका थिए ।
आमा धना बोहाराले गत साउन महिनामा बाजुराको गौमुलमा अर्को बिहे गरेपछि चारभाइबहिनि साहारा बिहिन बनेका हुन् । १६ बर्षका लोकेन्द्र बोहोरा, ११ बर्षका टेक बहादुर बोहोरा, ११ बर्षिय सम्झना बोहोरा र ६ बर्षकी बिपना बोहोरा अलपत्र परेका हुन् । चारभाइ बहिनी अहिले चुइने पुरानो खरले छाएको घरमा गाँउलेको साहारा बसिरहेका थिए् ।
लोकेन्द्रले आर्थिक अबस्था कमजोर भएपछि कक्षा ७ सम्म पढेर बिद्यालय छोडेका छन् । टेक ६ कक्षामा, सम्झना कक्षा ४ र बिपना कक्षा १ मा पढने गरेका छन् । लोकेन्द्रले भने बुवाको मृत्यु भइसकेपछि माथिल्लो कक्षा पढन आर्थिक नभएपछि बिद्यालय छोडेको वताए । आमा हुँदा भाइबहिनिलाइ पालनपोषण गर्न केही सहज भएको थियो, आमाले अर्को बिहे गरेर गएपछि आफुहरु अलपत्र परेको लोकेन्द्रले वताए ।
लोकेन्द्रले स्थानिय बजार र गाँउमा काम गरेर भाइबहिनि पाल्ने गरेका छन् । एउटा सानो घर छ त्यहि पनि जिर्ण भएर कुन दिन भत्कने हो चिन्ता भएको लोकेन्द्रले वताए । काम पाए आफु काम गरेर खाद्यन्न किनेर खाने गरेका छौ, कहिले आफन्तले दिएपछि खाने गरेका छौ, अरुका फाटो लुगा मागेर लगाउने गरेको वताए । भाइबहिनि बिद्यालय जाने भएपनि उनिहरुलाई काँपि कलम ड्रेसको ब्यबस्थापन गर्न निकै समस्या भएको वताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार