बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा स्तरीय फुटबल प्रतियोगिता बडीमालिका ९ बन्यो विजेता

वडा स्तरीय फुटबल प्रतियोगिता बडीमालिका ९ बन्यो विजेता

  • शुक्रबार, अशोज २३, २०७७
वडा स्तरीय फुटबल प्रतियोगिता बडीमालिका ९ बन्यो विजेता

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको विजेता बडीमालिका नगरपालिका ९ बनेकाे छ । बडीमालिका ८ को आयोजनामा भएकाे उक्त प्रतियोगितामा शुक्रवार विहान भएको फाईनल खेलमा बडीमालिका ८ लाई पराजित गर्दै बडीमालिका ९ ले प्रतियोगिताको विजेता बनेको हो ।

प्रतियोगिताको विजेता बनेको बडीमालिका ९ ले ट्रफि, मेडल, प्रमाणपत्र सहित २० हजार बराबरको खसी प्राप्त गरेको हो । त्यस्तै प्रतियोगितामा उपविजेता भएको बडीमालिका ८ ले नगद १० हजार सहित प्रमाण पत्र सहित मेडल प्रदान गरिएको छ ।

बडा दशैको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगिता असोज १८ गतेबाट संचालन भएको भएको थियो । प्रतियोगितामा बडीमालिका नगरपालिका भित्रका ९ वटै वडाका १४ वटा टिम सहभागि भएका थिए । प्रतियाेगितकाे सामापन कार्यक्रममा प्रमुख अतिथि पुर्व भुमि सुधार राज्य मन्त्रि जनकराज गिरि रहेका थिए । वडा अध्यक्ष प्रकाश रावलले गरेकाे समापन कार्यक्रममा बाजुरा क्यापसका प्रमुख सुरेश पण्डित, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिहं लगायत अितिथकाे सहभािगता रहेकाे थियाे । सञ्चालन स्थानिय अगुवा दिलिप थापाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार