शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित देश

यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित देश

  • शुक्रबार, अशोज २३, २०७७
यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित देश

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या २ लाख १६ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यद्यपि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६८ लाख ३५ हजार सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ५ हजार ५५४ जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ६० हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ५६ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ८ लाख ७७ हजार ६८३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार १८० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ७२ हजार २७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ५६२ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ४० व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार २२६ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ३५ हजार ६६२ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ७ लाख ३९ हजार १८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८२ हजार ७२६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ८५ हजार १५५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार २४८ जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म १० लाख ६१ हजार ७७९ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६४ लाख ७० हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७४ लाख ५३ हजार भन्दा बढी हजार निको छन् भने करिब ७९ लाख ५४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार