शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका चिकित्सकहरु आन्दोलनमा

सुदूरपश्चिमका चिकित्सकहरु आन्दोलनमा

  • बिहिबार, अशोज २२, २०७७
सुदूरपश्चिमका चिकित्सकहरु आन्दोलनमा

धनगढी– नेपाल चिकित्सक संघ आजदेखि आन्दोलनमा उत्रिएको छ। अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाबमुलक आन्दोलन सुरु गरिएको हो।

चिकित्सक संघ सुदूरपश्चिमका अनुसार आज बिहान ९ देखि ११ बजेसम्म प्रदेशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गरिएको छ।

भोलि देशभर आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ। ६ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २५ दिन भएको छ।

चर्चामा

सम्बन्धित समाचार