आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

  • बिहिबार, अशोज २२, २०७७
सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धि होर्डिङ बोर्ड राख्न शुरु गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धि मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न शुरु गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न शुरु गरिएको जानकारी दिए ।

“चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतीको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो”, उनले भने । ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।

महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो ।

सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार