बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ट्रेलरमा यस्तो देखियो ‘लक्ष्मीपूजा’

ट्रेलरमा यस्तो देखियो ‘लक्ष्मीपूजा’

  • आइतवार, अशोज १८, २०७७
ट्रेलरमा यस्तो देखियो ‘लक्ष्मीपूजा’

फिल्म ‘लक्ष्मीपूजा’ आगामी कार्तिक ७ गते फूलपातीको दिन प्रदर्शनमा आउने भएको छ । सरकारले फिल्म क्षेत्र नखोले पनि चलचित्रले भने रिलिज मिति सार्वजनिक गर्दै अहिले टिजर समेत ल्याएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत देखिएका छन् ।

समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
सरकारले फिल्म क्षेत्र खोले फिल्म निर्धारित मितिमै रिलिज हुने निर्माता शोभित बस्नेतले बताए । विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा जयकुमार दर्लामीको छायांकन रहेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार