बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेबिसंघ नेता शाहीले पार्टीकाे बैठकमा बुझाए लिखित सुझाव

नेबिसंघ नेता शाहीले पार्टीकाे बैठकमा बुझाए लिखित सुझाव

  • आइतवार, अशोज १८, २०७७
नेबिसंघ नेता शाहीले पार्टीकाे बैठकमा बुझाए लिखित सुझाव

नेपाली काँग्रेसकाे बैठक बस्दै थियाे त्यही बेला नेपाल बिद्यार्थी संघका बिद्यार्थी नेता दिनेश शाहीले बाजुरामा काँग्रेसलाइ बलियाे बनाउन लिखित सुझाव पेश गरेका छन । पछिल्लाे समय पार्टी नेतृत्व बाट नै कार्यकर्ता स‌ंगठित र बलियाे बनाउनमा भुमिका कमजाेर रहेकाे भन्दै जिल्ला कमिटिकाे बैठकमा सुझाब पेश गरेका हुन् । शाहीले बाजुराकाे पाटि कसरी बलियाे लैजाने र नेतृत्वकाे भुमिका बारे सुझाब पेश गरेका थिए । पार्टीकाे बैठकमा बुझाएकाे सुझाव पत्रमा भनिएकाे छ : नेपाली काँग्रेस अब खास गरि नेविसघंको राजनितीमा कलिलो बाल्यवस्था अझ भनौ ७ कक्षा पढ्दा खेरी नै सक्रिय रुपमा नेविसघंको जिल्ला जिल्ला कार्यसमिती मा बसेर काम गरेको सर्वविविधै छ, तर आजसम्म पार्टीले व्यक्तिगत रुपमा मैले मेरो चिन्ता गरेर भनेको छैन् । म ७ कक्षा पढ्दा मेरो उमेर १२ वर्षको थियो । आज म २९ वर्षको भए करिब १७ वर्ष निरन्तर पार्टी संगठन अविचलित रुपमा लागेको कुरा जानकारी गरादछौँ । यो प्रसङ्ग यहाँनेर जोडेर आफुलाई केन्द्रविन्दुमा राखेर मैले मेरो व्यक्तिगत चिन्ता गरेको छैन् । म जस्ता हजारौँ हजार कार्यकर्ताहरु पाटी भित्र भुमिका दिने ठाँउहरु थुप्रै हुँदाहँदै पनि पार्टी नेतृत्वले भुमिका दिन सकिरहेको छैन एकाध ठाँउमा भुमिका दिएपनि गुट भन्दा माथि अरु हाम्रो नेतृत्व माथि उठेर काम गर्न नसकेको तितो यर्थाथता हाम्रा सामु छलङ्ग छ ।

शुझाव पत्रमा यस्ताे लेखीएकाे छ ।

श्रीमान सभापती ज्यु
नेपाली काँग्रेस
जिल्ला , कार्यसमिती बाजुरा

आज दिनाङ्ग २०७७-०६ -१६ गते बसेको नेपाली काँग्रेस बाजुराको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । बैठकमा आफ्ना कुरा राख्न इच्छुक भएपनि विविधकारणले आफ्ना भनाई राख्न नभएकाले लिखित रुपमा पार्टी समक्ष आफ्ना विचार हरु राख्ने अनुमती चाहन्छु । सभापती महोदय, नेपाली काँग्रेस अब खास गरि नेविसघं को राजनितीमा कलिलो बाल्यवस्था अझ भनौ ७ कक्षा पढ्दा खेरी नै सक्रिय रुपमा नेविसघंको जिल्ला कार्यसमिती मा बसेर काम गरेको सर्वविविधै छ । तर आजसम्म पाटीले व्यक्तिगत रुपमा मैले मेरो चिन्ता गरेर भनेको छैन् । म ७ कक्षा पढदा मेरो उमेर १२ वर्षको थियो । आज म २९ वर्षको भए करिब १७ वर्ष निरन्तर पार्टी संगठन अविचलित रुपमा लागेको कुरा जानकारी गरादछौँ । यो प्रसङ्ग यहाँनेर जोडेर आफुलाई केन्द्रविन्दुमा राखेर मैले मेरो व्यक्तिगत चिन्ता गरेको छैन् । म जस्ता हजारौँ हजार कार्यकर्ताहरु पाटी भित्र भुमिका दिने ठाँउहरु थुप्रै हुँदाहुँदै पनि पार्टी नेतृत्वले भुमिका दिन सकिरहेको छैन एकाध ठाँउमा भुमिका दिएपनि गुट भन्दा माथि अरु हाम्रो नेतृत्व माथि उठेर काम गर्न नसकेको तितो यर्थाथता हाम्रा सामु छलङ्ग छ ।
सभापती ज्यु आज जिल्लामा पाटी अधिवेशन को रन्को लागेको छ । नेताहरुको दौडथुप पनि बाक्लो छ । बाजुरा काँग्रेस अगाडी बढ्न सक्ने हजारौँ कारणहरु छन् तर पछि हट्न सक्ने जाबो एउटै कारण छ, पाटी भित्र हनुमान ढोके, आशेपासे, लाइपदे बाँढ्दै हिड्ने एकाध हामीले विश्वास गरेका नेताहरु बिकेका छन् । पाटीमा कार्यकर्ताको अधिवेशन माथि त्यस्ता नेताहरुको चिरफार काँग्रेसका तमाम पार्टीको हित चाहाने काँग्रेस सशक्त भएको देख्न चाहाने कार्यकर्ताले फैसला पक्कै गर्ने छन् । बाजुरा काँग्रेसलाई अगाडी बढाउने हाम्रा सामु थुप्रै चुनौती छन् । बुदा नि तमाम कुराहरु निम्नलिखित छन् ।
(१) नेपाली काँग्रेस ‘…mass based Ú party ’  पक्कै हो । आज कन्फ्युजन भएको छ , काँग्रेस ‘mass based ’ पार्टी हो की ‘ cadre based/ mass based ’ हो भने जनताका अपेक्षाकृत आकर्षण पार्टीमा छैन् । ‘cadre based’ भनौँ भने कार्यकर्ताको मुल्याङ्कन र अभिलेखिकरण को ठोस प्रणाली छैन् । त्यसैले काँग्रेस ले यो विषयमा ध्यान दिन आवश्यक छ ।

(२) कुनै गुट वा व्यत्तिकाे मोलाहिजामा नलागी बाजुरा काँग्रेस को नेतृत्व मा बसेर निस्पक्ष रुपमा विश्लेषण गरि यथास्थिती बाट बाजुरा काँग्रेसको पार्टी आजको चुनौती समाना गर्न नसक्ने र पार्टीभित्र आमुल सुधार आबस्यक छ ।
३ वाजुरा काँग्रेसकाे जनआधार वलियो छ, तर संगठन कमजोर छ, पार्टी सभापतिले सारा शक्ति समेटेर संगठित वनाउन जरुरी छ ।
४ आज सम्म वाजुरा काँग्रेसले नितिगत स्पस्ट धारणा पछि आजसम्म हामिले लिएका निति, विधि, प्रक्रिया, अडान, पद्दतिका बारेमा कार्यकर्तालाई स्पस्ट पार्ने र निरन्तर पार्टीमा प्रशिक्षण कार्यक्रमहरुको टट्कारो आवश्कता छ ।
५ जिल्ला पार्टी सभापतीले प्रदेश क,ख प्रदेशहरुले गाँउ तथा नगर वडा तह सँग समन्वय, सन्चालन र निर्देशन र भेटघाटलाई बाक्लो बनाउनु पर्छ ।
६ सुचना र प्रविधिको अधिकितम प्रयोग गरि कार्यकर्तालाई समय अनुकुल ट्रेन गर्न आवश्यक छ ।
७ वाजुरा काँग्रेसमा हाम्रा केहि तत्कालिन सामुहिक तथा संगठनात्मक प्रयास जरुरि छ । त्यसको लागि जिल्ला र प्रदेश क र ख ले काँग्रेसको आन्तरिक संगठन सुढृदिकरण तथा पार्टीमा हार्दिकता सदितक एकता, सद्भावको वा भावना विकास गरि चुनाव लडन लक्षले मात्र होईन, अधिवेशनलाई वैचारिक र महत्वपुण बनाउन steering committee को आवश्यकता छ ।
८ Realization  भएको व्यवहारद्धारा पुष्टि गर्ने आगामी जिल्ला अधिवेशनलाई पाटिको सुसंगठित र एकेबद्ध अधिवेशन सम्पन्न गर्न अभिभाराका लागि पाटिभित्र सुधारबाधि तथा वैचारिक नेतृत्व एकदमै जरुरि छ ।
९ पार्टी नेतृत्व व्यक्तिगत स्वार्थ गुट उपगुटबाट माथि उठेर  right man In right place को अवधारणा अगाडि सारेर क्षमता अनुरुप कार्य विभाजन गर्दै कार्यकताको उचित मुल्याङकन हुन आवश्यक छ ।
१० वाजुराको पार्टीका कार्यकर्ताहरुमा पार्टीमा वैचारिक र नैतिक राजनिति मर्दै गएको छ । विधि तथा प्रक्रिया वाधक ठान्न थालिएको छ, कार्यकर्तामा गहिरो अध्ययन र वुझाईको कमी देखा पर्न थालेको छ, यसमा पार्टीले रक्तसञ्चार गर्न आवश्यक छ ।
११ पार्टीका अंगहरु भातृ एवम सुभेच्छुक संस्थाहरू निस्कृय पारिएका छन् यिनिहरुलाई गतिसिल वनाएर सुतेकालाई विउझाउनु विउझेकालाई हिडाउनु र हिडेकालाई दगुराउनु आवश्यक छ ।
१२ पार्टीमा नेता कार्यकर्ता विच सम्पर्क समन्यको अभाव अझ भनाै नेतृत्व वाटै एकता को प्रयास हाेइन “यो एकताको ”भन्ने व्यक्तिगत कुण्ठा हावि छ ।
१३ कृयाशिल सदस्यलाई आउने जिल्ला अधिवेसन सँग जोड घटाउ नगरि गाँउमा क्रियासिललाइ सदस्य दिन जरुरि छ ।

अन्तमा आदरणीय पार्टी सभापती ज्यू पाटी भित्रका यावत कुराहरुलाई मध्यनजर गर्दै बाजुरामा भएका गलत प्रवृतीहरुका बिरुद्ध पार्टी र संगठनमा अनुशासनमा रही सामुहिक रुपमा पार्टीको अधिवेशन मार्फत बाजुरामा वैचारीक आन्दोलनको नेतृत्व गर्दे गलत प्रवृतीहरु लाई निरुतसाहीत गरौ यो हामी सबैको सामुहिक प्रयास वाट मात्र सम्भव छ । अब बाजुरा काँग्रेस र संगठन भित्रका विकार संकिर्ण सोचले ग्रस्त रोगीहरुको समयमै औषधीमुलो गरी सक्षम सबल नेतृत्व निर्माणमा अबको आउने पार्टी अधिवेशन कोशे ढुुङगा सावित हुनेछ । गलत प्रवृतीको निरुत्साहीत गर्दै युुग सुुहाउँदो पार्टी निर्माणमा हामी सबै आफ्नो आफ्नो गाउँमा जुटदै वर्तमान पार्टी नेतृत्वले पनि कार्यकर्तालाई समान रुपमा हेरी क्षमता अनुरुपको जिम्मेवारी दिन सकोस हामी सबै सच्चा र कर्तब्यनिष्ठ भएर काँग्रेसको चारतारे झण्डा झुक्न नदिन आजै बाट प्रण गरौँ एउटा गित छनी हामी लडेका मात्र छौँ मरेका छैनौ त्यसले काँग्रेस लडेको मात्रै हो । अवजुरुक्क उठेर नविन काँग्रेस निर्माणमा योगदान गरौँ ।
धन्यवाद
जयनेपाल

   दिनेस कु.शाही
नेता नेपाल बिद्यार्थी सघं

चर्चामा

सम्बन्धित समाचार