सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • सुचना प्रबिधी
  • समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

  • शनिबार, अशोज १७, २०७७
समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामाग्रीहरु

गुगलले प्रयोग गर्ने गरेको भन्दै गुगलसँग उचित भुक्तानीको माग गर्दै आएका थिए । गुगलसँग त्यस्तो संघर्ष गर्नेमा युरोपेली मिडियाअरु अग्रपंक्तिमा थिए ।

गुगलका सिइओ सुन्दर पिचाईले गुगलको उक्त योजना बमोजिम नयाँ प्रडक्ट सार्वजनिक हुँदैछ । गुगल न्यूज शोकेस नामक उक्त सेवा सुरुमा जर्मनीमा लञ्च गरिनेछ । उक्त प्लाटफर्ममा जर्मनीका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु एकै ठाउँ पढ्न सकिनेछ । यसका लागि गुगलले जर्मन पत्रिकाहरु देर स्पाइगेल, स्टेर्न तथा दी चाइतसँग सम्झौता गरिसकेको छ । त्यस्तै ब्राजिलमा पनि फोल्हा दी सेन्ट पाउलो, ब्याण्ड तथा इन्फोबेसँग सम्झौता गरेको छ ।

गुगलका अनुसार यो सेवा जर्मनी र ब्राजिलसँगै बेल्जियम, भारत, नेदरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया, बेलायत तथा क्यानडा लगायतका देशहरुमा सुरु हुनेछ । तथापि अष्ट्रेलिया भने गुगलले अष्ट्रेलियामा विज्ञापन मार्फत् गरेको आम्दानीको हिस्सा स्थानीय मिडियाहरुलाई पनि बाँड्नुपर्ने अडानमा छ ।

गुगल सिइओ पिचाइले ब्लगमा लेखेका छन्, ‘हाम्रो अहिलेसम्मकै ठूलो यस वित्तीय प्रतिबद्धता अनुसार उच्च गुणस्तरीय सामाग्रीहरु सिर्जना तथा सम्पादन गरी उत्कृष्ट खालको अनलाइन समाचारको अनुभव दिलाउनका लागि प्रकाशकहरुलाई रकम भुक्तानी हुनेछ ।’

गत वर्ष कूल १ खर्ब ६२ अर्व आम्दानी तथा ३४ अर्ब ३० करोड डलर मुनाफा कमाएको गुगलको मातृ कम्पनी अल्फाबेटका लागि समाचार प्रकाशकहरुलाई गर्ने भुक्तानीको घोषित रकम खासै ठूलो अंक नभएतापनि यसबाट समाचार एजेन्सीहरु लाभान्वित हुने बताइएको छ ।

जर्मन पत्रिका स्पाइगेलले गुगलको यस्तो कदमको स्वागत गरिसकेको छ । गुगलको यस्तो कदमले ऊ जर्मनीमा गुणस्तरीय पत्रिकारितालाई सहयोग गर्न गम्भीर छ भन्ने देखाएको स्पाइगेलको भनाइ छ । त्यस्तै गुगलविरुद्ध कारवाहीका लागि यसअघि युरोपेली युनियन समक्ष निवेदन दिएको न्यूज कर्प पनि गुगलको यस परियोजनाबाट उत्साही बनेको छ ।

गुगलले एन्ड्रोइड तथा एप्पल डिभाइसमा समेत गुगल न्यूज मार्फत् उक्त फिचर सुरु गर्नेछ । जसमा प्रकाशकहरुले गुगल न्यूजमा आफ्ना कुन–कुन सामाग्री हाइलाइट गरेर प्रस्तुत गर्ने भन्ने छनोट गर्न सक्नेछन् ।

समाचार एजेन्सीहरुलाई आर्थिक सहयोग गरी एक प्रकारको प्रायोजन गर्ने गुगलको कदमप्रति अन्य इन्टरनेट प्रकाशकहरुले भने असन्तुष्टि जनाएका छन् । खासगरी मौसम सम्बन्धी जानकारी दिने तथा परिकार सम्बन्धी जानकारी दिने वेबसाइटहरुले गुगलको यस्तो कदमले आफूहरुको आम्दानीमा नकारात्मक असर पर्ने जनाएका छन् ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।