मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका ६२ सय बढिले जिते कोरोना, साढे ११ सय संक्रिय संक्रमित

सुदूरपश्चिमका ६२ सय बढिले जिते कोरोना, साढे ११ सय संक्रिय संक्रमित

  • शुक्रबार, अशोज १६, २०७७
सुदूरपश्चिमका ६२ सय बढिले जिते कोरोना, साढे ११ सय संक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार दुई सय बढी कोरोना जितेका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार तीन सय ७६ जना संक्रमित रहेकोमा ६ हजार दुई सय तीन जना कोरोना मुक्त भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ७३ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ६० र कञ्चनपुरका सात सय ४९ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय ३७, बैतडीका तीन सय ८९, डडेल्धुराका तीन सय २४ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार एक सय ५७ जना रहेका छन्। ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ६७ रहेको छ।

निर्देशनालयका अनुसार डोटीमा एक सय ३८, बझाङमा एक सय १०, अछाममा एक सय ६, कंचनपुरमा ६५, दार्चुलामा ३०, बैतडी २८ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो।

त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार