शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • युएईमा आइपीएल, नेपालमा बाजी

युएईमा आइपीएल, नेपालमा बाजी

  • बिहिबार, अशोज १५, २०७७
युएईमा आइपीएल, नेपालमा बाजी

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा कसले खेल जित्ने वा हार्ने भनी अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने विराटनगरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका–१७ का ४२ वर्षीय जगदिश साह रहेका छन् ।

अनलाइनमार्फत सट्टेबाजी खेल खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मुन्ना भन्ने सत्यजित साहलाई आफ्नै घरबाट मोबाइल फोनमार्फत सट्टाबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सत्यजित साहको साथबाट निलो रङको सामसुङ कम्पनीको मोबाइल एक थान, नेपाली विभिन्न दरका ६० हजार रुपैयाँ र डेल कम्पनीको ल्यापटप एक थान बरामद गरिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।

त्यस्तै जगदीश साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थान र आर१५ मोटरसाइकल एक थान बरामद गरिएको छ भने वैजनाथ साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थाना बरामद गरिएको खड्काले बताए ।

प्रहरीका अनुसार मोबाइल फोनमार्फत आइपीएल हार्ने वा जित्ने भनी इन्टरनेटमार्फत सट्टेबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार