सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनले भन्यो, ‘लद्दाखमा भारतको गैरकानूनी कब्जा’, भारतको कडा प्रतिक्रिया

चीनले भन्यो, ‘लद्दाखमा भारतको गैरकानूनी कब्जा’, भारतको कडा प्रतिक्रिया

  • बुधबार, अशोज १४, २०७७
चीनले भन्यो, ‘लद्दाखमा भारतको गैरकानूनी कब्जा’, भारतको कडा प्रतिक्रिया

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले उनको देशले भारतद्वारा स्थापित गरिएको कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई मान्यता नदिने बताएको छ । भारतले चीनको दाबी खारेज गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक बयान जारी गर्दै भने, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखाबारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट देख्यौं । भारतले कहिले पनि एकतर्फी कारवाही अनुसार सन् १९५९ मा बनाएको एलएसीलाई स्विकार गरेको छैन । हाम्रो सधैं यहि स्थिती रह्यो र चीनसमेत सबैलाई यसबारे थाहा हुनुपर्छ ।’

भारतले आफ्नो बयानमा थप्यो, ‘सन् २००३ सम्म दुबै तर्फबाट एलएसीको निर्धारण दिशामा कोसिस भइरह्यो तर त्यसपछि चीनले यसमा रुची देखाउन बन्द गरिदियो तसर्थ यो प्रक्रिया रोकियो । त्यसैले अब चीनले एउटा मात्रै एलएसी छ भन्ने कुरालाई जोड दिनु र जुन बचन उनीहरुले दिएका थिए, यो त्यसको उल्लंघन हो ।’

चिनियाँ सरकारको नजिक मानिने पत्रिका ग्लोबल टाइम्सका अनुसार भारत सीमासँग जोडिएको इलाकामा सडक निर्माण भइरहेको छ, योसँग जोडिएको प्रश्नमा वाङ वेनबिनले भने, ‘चीन विवादित सीमावर्ती इलाकामा सैनिक नियन्त्रणको उद्देश्यले आधारभूत ढाँचाको निर्माणको विरोध गर्छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थपे, ‘हालै चीन र भारतबीच बनेको सहमति अनुसार कुनै पनि पक्षले सीमा क्षेत्रमा कुनै पनि कारवाही गर्नु हुँदैन जसका कारण यो स्थिती थप जटिल बनोस् र स्थिती नियन्त्रण गर्ने दुबै पक्षको कोसिसमा कुनै पनि प्रकारको असर नपरोस् ।’

भारतले कडा प्रतिक्रिया दिँदै भारतले पनि सन् १९५९ को एलसीलाई मान्यता नदिने बताएको छ ।

धारा ३७० खारेजः

भारतको केन्द्र सरकारले पाँच अगस्ट २०१९ मा भारतीय संविधानको धारा ३७० अनुसार भारत प्रशासित कश्मीरले पाउने विशेष राज्यको दर्जा समाप्त गरेको थियो र राज्यलाई विभाजित गरेर त्यसलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेको थियो ।

एउटालाई केन्द्र शासित प्रदेश जम्मू–कश्मीर बनाइदिएको थियो भने लद्दाखलाई त्यहाँबाट निकालेर भिन्न केन्द्र शासित प्रदेश बनाइएको थियो ।

हुन त र भारत र चीनबीच सीमा विवाद निकै पुरानो हो त र हालैका दिनमा विवाद झन् चुलिएको छ । यसै वर्ष अप्रिल–मेमा भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लद्दाखको गलवान घाटी नजिकै चिनियाँ सैनिक भारतले आफ्नो दाबी गर्ने गरेको इलाकामा आएर बस्न थालेको खबर प्रकाशित हुन थाल्यो ।

छलफल जारीः

समस्या सुल्झाउनका लागि सीमामा तैनाथ सैन्य अधिकारीबीच थुप्रै राउन्ड कुराकानी पनि भए तर खासै प्रगति भएन ।

स्थिती त्यतिबेलादेखि थप गम्भीर बन्यो जब १५–१६ जूनको राती दुबै देशका सैनिक बीच हिंस्रक झडप भयो जसमा भारतका एक कर्नलसमेत २० सैनिकको मृत्यु भयो ।

भारतको दाबी अनुसार यसमा चीनका सैनिक पनि मारिएका थिए तर चीनले कहिले पनि यसबारे आधिकारिक बयान दिएको छैन ।

यो घटनापछि स्थितीलाई नियन्त्रण गर्नका लागि सैन्य, कूटनीतिक र राजनीतिक स्तरमा छलफल भइरहेको छ ।

सीमामा तैनाथ शीर्ष सैन्य अधिकारीबाहेक भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेशमन्त्री एस जयशंकरले चीनका विदेशमन्त्रीसँग भेटघाट पनि गरेका छन् ।

तर यसै बीच सीमामा कहिले गोलीबारी त कहिले हल्काफुल्का झडपको खबर पनि आइरहन्छन् । – बीबीसी

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।