मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • पुर्वा नेपालीको छोराको उपचार देखि दुधका लागि भैसी किनेर सहयोग

पुर्वा नेपालीको छोराको उपचार देखि दुधका लागि भैसी किनेर सहयोग

  • मङ्लबार, अशोज १३, २०७७
पुर्वा नेपालीको छोराको उपचार देखि दुधका लागि भैसी किनेर सहयोग

बुढिनन्दा नगरपालिका १ बस्ने ४२ बर्षिय पुर्वा नेपालीको छोरालाई उपचार देखी दुधका लागि भैसि किनेर सहयोग गरेका छन् । सहयोग बडिमालिका खबरको समन्वय, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, समाजसेवी जाङ्गु शेर्पा, बिदेशी नागरिक Margarita Parrish Serrano आर्थिक सहयोगमा गरिएको थियो ।
पुर्वा नेपालीको २ महिनाको छोरा कुपोषण चपेटामा परेको थियो । उनको छोरालाई असार महिनामा जिल्ला अस्पताल बाजुरामा ल्याएर उपचार गरिएको थियो । उपचार पछि उनका छोरालाइ नियमित ल्याक्टोजिन दुध किनेर सहयोग गरिएको थियो । ६ महिनामा भैसीको दुध बच्चालाई खुवाउन मिल्ने भएपछि ५५ हजारको भैसी किनेर सहयोग गरेको बुढिनन्दा १ का वडा अध्यक्ष नृप खत्रिले वताएका छन् ।
पुर्वाको छोरालाइ उपचार देखी दुधमा मात्र सहयोग नभई उनको परिवारलाइ खाद्यन्न, लुगाकपडा र भाडाकुडा सहयोग गरिएको थियो । पुर्वाको घरमा चरम खाद्यन्न संकट र छोरा कुपोषण बाट उपचार अभाबमा तडपिरहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले बडिमालिका खबरलाइ जानकारी गरेपछि पुर्वाको बच्चा र परिवारलाई सहयोग गरिएको थियो । बच्चाको उपचारमा जिल्ला अस्पताल बाजुराले समेत सहयोग गरेको थियो । ८ पोका ल्याक्टोजिन दुध पिसवीन बाजुरा अन्तर्गत सम्भब परियोजनाले समेत सहयोग गरिएको थियो ।
१३ सन्तान जन्माएकि पुर्वाका हाल ७ जना बच्चा जिवित रहेका छन् । गरिब र दलित परिवार रहेको पुर्वालाइ दैनिक खाद्यन्न जोहो गर्न निकै समस्या भएको थियो । पुर्वाको साथमा ६ छोरी र ४ महिनाको १ छोरा छ । लकडाउँनमा काम गर्न नपाएर घरमा खाना पनि छैन । छोरा पनि बिरामी छ । उपचार गर्ने र दूध किन्ने पैसा थिएन् । बडिमालिका खबरको समन्वयमा उनको छोराको उपचार सँगै बच्चाका लागि ल्याक्टोजिन दुध र भैसी किनेर सहयोग गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार