बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बुवाको मृत्यु पछि आमाले अर्को बिहे गरेपछि चारभाइ बहिनि अलपत्र

बुवाको मृत्यु पछि आमाले अर्को बिहे गरेपछि चारभाइ बहिनि अलपत्र

  • सोमवार, अशोज १२, २०७७
बुवाको मृत्यु पछि आमाले अर्को बिहे गरेपछि चारभाइ बहिनि अलपत्र

बाजुरा, १२ असोज–बुढिगंगा नगरपालिका ६ बोरावाडामा चार भाइबहिनि अलपत्र परेका छन् । बुवाको २०७३ सालमा कार्तिकमा मृत्यु भएपछि आमाले अर्को बिहे गरेपछि चारभाइ बिहिन अलपत्र रहेको स्थानिय मन बहादुर बोहोराले वताएका छन् ।
आमा धना बोहाराले गत साउन महिनामा बाजुराको गौमुलमा अर्को बिहे गरेपछि चारभाइबहिनि साहारा बिहिन बनेका हुन् । १६ बर्षका लोकेन्द्र बोहोरा, ११ बर्षका टेक बहादुर बोहोरा, ११ बर्षिय सम्झना बोहोरा र ६ बर्षकी बिपना बोहोरा अलपत्र परेका हुन् । चारभाइ बहिनी अहिले चुइने पुरानो खरले छाएको घरमा गाँउलेको साहारा बसिरहेको छन् ।
लोकेन्द्रले आर्थिक अबस्था कमजोर भएपछि कक्षा ७ सम्म पढेर बिद्यालय छोडेका छन् । टेक ६ कक्षामा, सम्झना कक्षा ४ र बिपना कक्षा १ मा पढने गरेका छन् । लोकेन्द्रले भने बुवाको मृत्यु भइसकेपछि माथिल्लो कक्षा पढन आर्थिक नभएपछि बिद्यालय छोडेको वताए । आमा हुँदा भाइबहिनिलाइ पालनपोषण गर्न केही सहज भएको थियो, आमाले अर्को बिहे गरेर गएपछि आफुहरु अलपत्र परेको लोकेन्द्रले वताए ।
लोकेन्द्रले स्थानिय बजार र गाँउमा काम गरेर भाइबहिनि पाल्ने गरेका छन् । एउटा सानो घर छ त्यहि पनि जिर्ण भएर कुन दिन भत्कने हो चिन्ता भएको लोकेन्द्रले वताए । काम पाए आफु काम गरेर खाद्यन्न किनेर खाने गरेका छौ, कहिले आफन्तले दिएपछि खाने गरेका छौ, अरुका फाटो लुगा मागेर लगाउने गरेको वताए । भाइबहिनि बिद्यालय जाने भएपनि उनिहरुलाई काँपि कलम ड्रेसको ब्यबस्थापन गर्न निकै समस्या भएको वताए ।
सम्झानाले भनिन्, अरुले नयाँ लुगा लगाएको देख्दा निको नौलो खाएको देख्दा आफुलाई रहर त लाग्ने गथ्र्यो तर के गर्नु हेरेर चित्त बुझाउने गरेको वताईन् । बुवा त मरिसके आमाले त हामीलाई कहिले छोडेर जानु हुन्न होला सोचको थियौ, तर आमाले पनि केही नभनेर गएपछि अलपत्र रहेको सम्झनाले वताईन् । अरुका बुवा आमाले माया गरेको देख्दा रुन मन लाग्छ, तर के गर्नु सम्झनाले रुदै वताईन् ।
लोकेन्द्रले कहिले काम पाएपछि ल्याएर भाइबिहिनि पाल्छ, नभए आफन्त र गाँउलेको सहयोगले उनिहरु छाक टार्न गरेको स्थानियले वताएका छन् । बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले भने आमा र बुवा नहुँदा चार भाइबिहिनि बिचच्लीमा रहेको तिनिहहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार