शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएल: पन्जाबमाथि राजस्थानको सनसनिपुर्ण जित

आईपीएल: पन्जाबमाथि राजस्थानको सनसनिपुर्ण जित

  • सोमवार, अशोज १२, २०७७
आईपीएल: पन्जाबमाथि राजस्थानको सनसनिपुर्ण जित

इन्डियन प्रिमियर लिग (आईपीएल) काे तेह्राै संस्करण युएइमा सञ्चालन भइरहेकाे छ । काेभिड १९काे प्रभावले दुवइमा भइरहेकाे लिग समर्थककाे उपस्थिति बिना नै सञ्चालन भएकाे हाे ।

लिग अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले सनसनिपुर्ण जित हासिल गर्दै विजयी यात्रा कायम राखेकाे छ । आइतबार भएको खेलमा अट्रेलियन स्टिप स्मिथकाे कप्तानिमा रहेकाे राजस्थानले भारतिय केएल राहुलकाे कप्तानिमा रहेकाे किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएकाे २२४ रनकाे विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थानले १९.३ अाेभरमा ६ विकेटकाे क्षतिमा २२६ रन बनाउदै जित हासिल गरेकाे हाे । आइपिएल इतिहासमा कुनैपनि टोलीले जवाफि ब्याटिङ गर्दै जित हासिल गरेकाे याे ठूलो योगफल हो । यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।

राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले । ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए । त्यस्तै २७ बल खेलको स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउन सफल भए । त्यस्तै राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवालले शतकीय पारी खेले । ५० बल खेलका उनले १० चौका र ७ छक्काको सहयोगमा १०६ रन बनाए ।

त्यस्तै केएल राहुलले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए । त्यस्तै विलेन म्याक्सवेलले १३ रन बनाउँदा निकोलस पोरानले २५ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि अंकित राजपुत र टोम करनले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकालेसँगै राजस्थानले आईपीएलमा आफूलाई बलियो सावित गरेको छ । दुई खेल खेलको राजस्थानले चार अंक जोडेको छ । यता तीन खेल खेलको पन्जाबले दुई अंक जोडेको छ ।

चर्चामा

सम्बन्धित समाचार