शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दिपले भने : ढुक्क हुनुस यसपाली दिल्लीलाई आईपिएल जिताएरै छोड्छु

सन्दिपले भने : ढुक्क हुनुस यसपाली दिल्लीलाई आईपिएल जिताएरै छोड्छु

  • सोमवार, अशोज १२, २०७७
सन्दिपले भने : ढुक्क हुनुस यसपाली दिल्लीलाई आईपिएल जिताएरै छोड्छु

काठमाडौं : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दैछन्। युएईमा भइरहेको प्रतियोगितामा दिल्लीले पहिलो खेल खेल्दा सन्दीप टिममा थिएनन्। पहिलो खेलमा किंग्स ११ पञ्जाव लाई सुपर ‌ओभरमा हराएको दिल्लीले दोस्रो खेल शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेल्दैछ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर उतैबाट युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेकाले पहिलो खेलका लागि उपलब्ध हुन नसकेको उनले जानकारी दिएका छन् । सिपिएलमा उनले जमैका तलावाजबाट समूह चरण र सेमिफाइनल गरी सबै ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए। सन्दीपलाई सिपिएलमा जस्तो आइपिएलमा प्लेइङ–११ मा पर्न सहज छैन।

किनकी प्लेइङ–११ मा पर्न सन्दीपले दिल्लीका अनुभवी स्पिनरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। क्वारेन्टिन अवधि सकिएपछि सन्दीप बुधबारदेखि अभ्यासमा फर्किएका छन्। दिल्ली टिममा फर्कन पाउँदा खुसी लागेको सन्दीपको भनाइ छ। ‘बुधबारदेखि अभ्यास शत्रमा सहभागी भए। दिल्लीको ड्रेसिङ रुममा फर्कन पाउँदा खुसी छु,’ सन्दीपले दिल्ली क्यापिटल्ससँगको कुराकानीमा भनेका छन्,’यसभन्दा अघि म क्वारेन्टिनमा थिए।

त्यसैले तपाईंहरूले मलाई दिल्लीको टिममा देख्नु भएन। अहिले टिममा आइसकेको छु। म जता गए पनि मलाई माया र समर्थन गरिदिनु भएकोमा सबैप्रति आभारी छु।’ सन्दीपले दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङबाट सिक्ने अवसर भएको बताउँदै अघि भने, ‘रिकी पोन्टिङ जस्ता लिजेन्डबाट केही सिक्नका लागि यो ठूलो मौका हो।’ सन्दीपलाई ‘यो सिजनको आइपिएलमा तपाईंको लक्ष्य के हो?’ भनेर अन्तिम प्रश्न सोधिएको थियो।

‘टिमका लागि ट्रफी जित्ने लक्ष्य हो,’ सन्दीपले उत्तर दिएका छन्। सन्दीपले दिल्लीका लागि ट्रफी जित्ने बताइरहदा उनी पहिलो रोजाइमा पर्छन् किपर्दैनन् भन्ने नेपाली क्रिकेटप्रेमीलाई चासो छ। सन्दीपले आफ्नो पहिलो सिजनको अन्तिम तीन खेलमा मात्र मौका पाए का थिए। दोस्रो सिजनमा उनले ६ खेल खेल्न पाए। दुई सिजनमा गरी ९ खेल खेलेका उनले १३ विकेट लिए।

यसपटक पनि सन्दीपले दिल्लीको प्लेइङ११ मा पर्न कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । सन्दीपले अनुभवी लेगस्पिनर अमित मिश्रासँगै रविचन्द्रन आस्विन र अक्षर पटेलसँग टिममा पर्न प्रतिस्पर्धा गर्नु पर्ने छ। टिमले दुई जना मात्र स्पिनर खेलाएको अवस्थामा सन्दीपका लागि कठिन हुनेछ। किनभने आश्विन र मिश्रासँग अनुभव छ। पटेल ब्याटिङ पनि गर्न सक्छन्।

सन्दीपले मौका पाएको खेलमा आफूलाई प्रमाणित गर्न सके बाँकी खेलमा बलियो दाबेदारको रूपमा प्रस्तुत गर्न सक्नेछन्। सन्दीपले आफूलाई दिल्लीका स्पिनरमध्येमा अब्बल बनाएर मात्र पुग्दैन, चार जना विदेशी खेलाडीको कोटामा पर्नलायक खेलाडीको रुपमा पनि उभ्याउन सक्नुपर्नेछ।

चर्चामा

सम्बन्धित समाचार