शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • देउवाका निर्णयविरुद्ध पौडेल समूहले आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

देउवाका निर्णयविरुद्ध पौडेल समूहले आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

  • सोमवार, अशोज १२, २०७७
देउवाका निर्णयविरुद्ध पौडेल समूहले आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

काठमाडौं —  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै सोमबार विरोधपत्र दर्ता गर्ने भएको छ ।

विरोधपत्रमा कृष्णप्रसाद सिटौला समूहलाई जोड्ने प्रयास असफल भएपछि आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको थियो ।

आज पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालयमा दर्ता गरिने पौडेल समूह केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहको थियो ।

शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाबका लागि विरोधपत्र दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

चर्चामा

सम्बन्धित समाचार