मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनमा विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

  • शनिबार, अशोज १०, २०७७
युक्रेनमा विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन ।

चर्चामा

सम्बन्धित समाचार