• होमपेज
  • समाज
  • बझाङमा मन्दिर भित्र बालिकाको हत्या प्ररकरण : बलात्कार पछि मारिएको आसंक

बझाङमा मन्दिर भित्र बालिकाको हत्या प्ररकरण : बलात्कार पछि मारिएको आसंक

  • शुक्रबार, अशोज ९, २०७७
बझाङमा मन्दिर भित्र बालिकाको हत्या प्ररकरण : बलात्कार पछि मारिएको आसंक
फोटो : मृत्युको केही दिन अघि विद्यालय पोशाकमा मृतक सम्झना ।

बझाङ– वस्तुभाउलाइ घास हाल्न गोठ हिडेकी मष्टागाउ पालिकाकी एक बालिकाको शव मन्दिर भित्र नग्न अवस्थामा फेला परेको छ । वडा नं २ खिकाला गाउकी १२ बर्षिय सम्झना कामीको शव मन्दिर भित्र अर्धनग्न अवस्थामा फेला परेको हो ।
तल्लो शरिर नग्न अवस्थामा रहेको र टाउको तथा शरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीको आसंका छ । खिकाला गाउबाट करिब १० मिनेटको दुरीमा रहेको गोठमा वस्तुभाउलाई घास हाल्ने हिडेकी उनी राती अवेर सम्म घर नफर्किए पछि परिवारले खोजी सुरु गरेको थियो । बालिकाका बाबुआमा मजदुरीको क्रममा भारतमा रहेकोले उनि दुइवटा बहिनी सहित बाजेबज्यै सग गाउमा बस्दै आएकी छिन । उनका बाजे गोरख कामीले नातिनी अबेर सम्म घर नआए पछि राती आठबजे सम्म पनि खोजी गरेका थिए । आफुले खोजी गर्दा नभेटाए पछि उनले छिमेकीको सहयोग मागेर खोजी गर्दा गोठ भन्दा २ स मिटर टाढा रहेको शिव मन्दिर भित्र तल्लो शरिर कपडा विहिन अवस्थामा रहेको गोरखले बताए ।
उनले नातिनिको शवको विभिन्न ठाउमा चोट लागेको र नाक समेत भाचिएको अवस्थामा अर्धनग्न फेला परे पछि आफु बेहोस भएको बताए । नातिनीले केही दिन अघी गाउकै राजेन्द्र बोहराले आफ्नो कानमा लगाएको सुन माग्ने गरेको र आफुलाई डरलाग्ने गरेको सुनाएको गोरखले बताए । ‘मैले नडराउ केही हुदैन भनेर सम्झाए’ उनले भने ‘हिजो पनि नातिनी छाना –गोठ) जादा त्यो केटा बाटोमा बसिरहेको थियो भन्ने सुनेको थिए । त्यसैले घटना गर्यो की ?’
यता घटनाको जानकारी पाए पछि राती नै घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले पनि बालिकाको बलात्कार पछि हत्या नै भएको आसंका व्यक्त गरेका छन । घटना स्थलको प्रकृती हेर्दा बलात्कार पछि हत्या भए जस्तो देखिए पनि अहिले नै किटान गर्न नसकिने उनले बताए । ‘हामीलाई पनि बलात्कारकै शंका छ । तर पोष्टमार्टम रिर्पाेट नआउन्जेल ठोकुवा गर्न मिल्दैन’ उनले अनुसन्धानको क्रममा एक जना शंकास्पदलाई निन्त्रणमा लियर अनुसन्धान भैरहेको पनि बताए । बालिकाको विहिवार नै जिल्ला अस्पताल सिमखेतमा पोष्ट मार्टम गरिएको छ । शुक्रबार मात्रै पोष्टमार्टम रिर्पाेट पेश गरिने अस्पातालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार