• होमपेज
  • जगन्नाथ
  • बर्षाले कुलाे बगाउँदा पाक्न लागेकाे बाली नपाकी पराल भयाे

बर्षाले कुलाे बगाउँदा पाक्न लागेकाे बाली नपाकी पराल भयाे

  • बिहिबार, अशोज ८, २०७७
बर्षाले कुलाे बगाउँदा पाक्न लागेकाे बाली नपाकी पराल भयाे
बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-१ रुडिमा सिंचाई कुलो नभएका कारण लगाएको बाली सुकेको छ। फोटो : निमेन्द्र शाही

निमेन्द्र शाही  —  स्वामीकार्तिक खापर गाउँपालिका-१ रुडि गाउँको एक मात्र सिंचाई गर्ने नहर पहिरोले भत्काएपछि  लगाएको खेती पानी नभएका कारण सुकेर नष्ट भएको छ। साउन १५ गते आएको अबिरल बर्षाका कारण पहिरो गएको थियो ।
एक सय ५२ घर परीवार बसोबास गर्ने उक्त गाउँको सिरानबाट आउँने सिंचाई कुलो पहिरोकाका कारण क्षेदबिक्षद  भए पछि स्थानियले खेतमा लगाएको धानमा पानि दिन पाएनन् । खेतमा पानी नपुगेपछि धान सुकेर परालमा परीणत भएको हो। ‘पानी लगाए खेती राम्रो हुँने आशा बोकेका थियौ तर अहिले जलेर पराल पनि बाँकी रहेन, अनाज फलाउँने खेतमा चौपायाका लागि पराल पनि बचेन’ रुडिका नैन कार्कीले दुखेसो गरे ।
‘हाम्रो लागी सेरो भनेपनी पाखो भनेपनि यही थियो कुलो पहिराले लिएपछि हामीलाई हैरान बनाएको छ। अब कहाँ गएर हिउँद काट्ने हो समस्या भएको छ उनले भने। गएका बर्षहरुमा राम्रो खेती हुँने गरेको थियो यो बर्ष धान भन्दा पराल पनि राखी दिएन, कसरी जहाँन कबिला पाल्नु हो।’ स्थानिय रन्दिप बुढाले बताए ।
‘हाम्रो खेतीपाती परै जावस गोरु बाछ्छालाई पानी खुवान पनी समस्या भएको छ।,गाउँमा आउँने पानी अरुठाउँ कतै छैन, हामीलाई पनि भएन भने हिउँदे बाली पनि कसरी लगाउँने होला? यसको समस्या समाधानका लागि स्थानिय सरकारले पाईप हालेर बनाई दिए हुँने थियो स्थानिय रामबहादुर बुढाले बताए।
‘सरकारले हाम्रो समस्या बुझेर योजना दिएको हो तर के गर्ने प्रकृतिले त्यो सहेन फेरी जस्ताको तस्तै बनाई दियो हाम्रो समस्या फेरी उस्तै भए छ भनेर कसले सुनि दिने हो थाहा छैन। कसैले फेरी पानी बनाई दियो भने भगवाननै मान्ने थियौं रुडिमा पानी नहुँदा रुडो लागे जस्तो भयो नरेन्द्र कार्की बताए ।
कार्कीले थपे ‘पानी नहुँदा धान, कोदो, फापर, कागुनो,मास्र्या(लट्टे/रामदाना),जुनिलाे चिनो लगाएका खेती लगाएका थियौं पानी नभए केही कसरी खेती होस्। यस बर्ष भोकै बस्नु पर्ने बाध्यता भयो।’ उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार