शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले रोक्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन

सरकारले रोक्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन

  • बुधबार, अशोज ७, २०७७
सरकारले रोक्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन

सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो।

सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।

कोभिड-१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश-२ का मुख्यमन्त्री राउतले माग गरेका थिए। निर्वचान किन रोकिएको र अब कहिले हुने भनेर प्रष्ट पारिएको छैन।

चर्चामा

सम्बन्धित समाचार