शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • नगर प्रमुख कोरोना संक्रमित

नगर प्रमुख कोरोना संक्रमित

  • बुधबार, अशोज ७, २०७७
नगर प्रमुख कोरोना संक्रमित

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको विभिन्न वडामा एकै दिन भएको नौ कार्यक्रममा सहभागितापछि पिसीआर परीक्षण गराएका हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख र उहाँको चालकमा आज सङ्क्रमण देखिएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का ४२ वर्षीय नगर प्रमुखसहित परिवारका सात जनाको स्वाब परीक्षण गराएकामा आफू र राजविराज निवासी चालकमा कोरोना सङ्क्रमण देखिएको नगर प्रमुखले जानकारी दिए ।

नौ वटा निर्माण कार्यको उद्घाटन कार्यक्रमपछि परिवारसहित जनकपुर गएका नगर प्रमुखले गत असोज ३ गते पिसीआर परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट आज पोजिटिभ आएको हो । – रासस

चर्चामा

सम्बन्धित समाचार