सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सचिवालय बैठक बस्दैछ ।बैठक सोमबार नै बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२: ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ । आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।