शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अबदेखि डिजिटल माध्यबाट रेमिट्यान्स पठाउन पाइने (राष्ट्र बैंकको सूचनासहित)

अबदेखि डिजिटल माध्यबाट रेमिट्यान्स पठाउन पाइने (राष्ट्र बैंकको सूचनासहित)

  • सोमवार, अशोज ५, २०७७
अबदेखि डिजिटल माध्यबाट रेमिट्यान्स पठाउन पाइने (राष्ट्र बैंकको सूचनासहित)

विदेशमा काम गरिरहेका नेपालीहरुले अबदेखि डिजिटल माध्यममार्फत रेमिट्यान्स पठाउन पाउने भएका छन् । सम्बन्धित देशमा सञ्चालमा रहेका डिजिटल भुक्तानी प्रणालीमार्फत नै पैसा पठाउन पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेट लगायतका माध्यमबाट स्वदेशमा पैसा पठाउनका लागि राष्ट्र बैंकले बाटो खोलिदिएको हो ।
नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्स्टुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ। यस्ता संस्थाहरु उक्त देशको कानुनबमोजिम दर्ता भई त्यस देशको नियामक निकायबाट आउटवार्ड रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

डिजिटल भुक्तानी उपकरणबाट अन्तर(सीमा) कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाहरु बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसारको समयवधिसम्म सुरक्षित राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुपर्नेछ। प्रचलित कानुनमा उल्लेखित एएमएल सिएफटीसम्बन्धी व्यवस्थाको परिपालना हुने सुनिश्चितता हुनुपर्नेछ। राष्ट्र बैंकले डिजिटल माध्यमबाट रकम भित्र्याउन ९ वटा शर्त राखेको छ ।

राष्ट्र बैंकको सूचना हेर्नुहोस्

चर्चामा

सम्बन्धित समाचार