बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • विचित्र संसार
  • रुखसँग बिहे गरेकी यी महिलाले मनाइन् पहिलो वर्षगाँठ

रुखसँग बिहे गरेकी यी महिलाले मनाइन् पहिलो वर्षगाँठ

  • शनिबार, अशोज ३, २०७७
रुखसँग बिहे गरेकी यी महिलाले मनाइन् पहिलो वर्षगाँठ

घरमा श्रीमान हुँदाहुँदै जंगलमा गएर रुखसँग बिहे गरेकी एक बेलायती महिलाले आफ्नो रुखसँगको बिहेको वर्षगाँठ मनाएकी छिन् । दुई बच्चाकी आमा रहेकी ती महिलाले पतिलाई घरमै छाडेर जंगलमा गई आफ्नो वृक्षपतिलाई अंकमाल गरी एनिभर्सरी मनाइन् । उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए । उनले आफ्नो रुखपतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् । त्यहाँ उनीहरुले एल्डर फ्लावरको स्याम्पेन फोडेर एनिभर्सरी मनाएका थिए ।

एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी गरेकी छिन् ।

बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् । आफू कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेको उनी बताउँछिन् । आफू जीवनभर रुखप्रेमी रहने उनको भनाइ छ । रुखसँग बिहे गर्ने आफ्नो निर्णय जीवनको सबैभन्दा सही निर्णय भएको दाबी उनी गर्छिन् ।

-एजेन्सी

चर्चामा

सम्बन्धित समाचार