शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

  • शुक्रबार, अशोज २, २०७७
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार