शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराका स्याउकाे धनगडीमा मन्त्री शाहद्धारा उद्धघाटन

बाजुराका स्याउकाे धनगडीमा मन्त्री शाहद्धारा उद्धघाटन

  • बिहिबार, अशोज १, २०७७
बाजुराका स्याउकाे धनगडीमा मन्त्री शाहद्धारा उद्धघाटन

बाजुरा — बाजुरा जिल्लाकाे स्याउकाे धनगढीमा सुदुरपश्चिम प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्धघाटन गरेका छन । जसले एक पटक खायो उसले संवाद थाहा पायो  भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्रकाे पहलमा बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकाबाट हवाइजहाज मार्फत धनगढी पठाएकाे स्याउकाे मन्त्री शाहले ब्यापारीक केन्द्रमै पुगेर उद्धघाटन गरेकाे मन्त्री शाहका  स्वकिय सचिव जंग बिकले जानकारी दिएका छन ।


बाजुरा जिल्लाको अर्गानिक स्याउ प्रदेश राजधानी धनगढीमा पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहलमा सुदुरपश्चिम प्रदेश सरकारकाे मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकाश कार्यक्रमकाे बजारीकरण र स्वामीकार्तिक खापर गाउपालिकाकाे समन्वयमा स्याउ धनगढी तथा नेपालगन्जका बजारमा पठाएकाे छ । याे  बर्ष बाजुरामा अाएकाे बाढीपहिरो बाट सडक अबरुद्ध हुदा काेल्टी बाट धनगढी र नेपालगन्ज सम्म हवाई जहाज मार्फत पठाएकाे कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन ।

धनगढी चटकपुर स्थित हिमाली होटल बाट बिक्री वितरण गरिने स्याउकाे बिहीबार बिहान सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं अान्तरिक मामिला तथा कानुन मन्त्री माननीय प्रकाश शाहले उद्घाटन गरेकाे मन्त्रीका स्वकिय सचिव जंग बिकले बडिमालिका खवरलाइ जानकारी दिएका छन । साथै मन्त्री शाहले स्याउकाे लागि प्रदेश सरकारले काेल्ड स्टाेर निर्माण गर्ने, सुदुरपश्चिम लाई फलफुल, तथा तरकारीमा अात्मनिर्भर बनाउन प्रदेश सरकार विभिन्न कार्यक्रम मार्फत लागिपरेको  उद्धघाटन कार्यक्रममा बताएका छन ।

यति बेला बाजुराकाे अर्गानिक स्याउ धनगडी र नेपालगन्जका बजारमा प्रसस्त मात्रामा उपलब्ध गराएकाे कृषि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार