मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • समाज
  • कैलालीका पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

कैलालीका पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

  • बुधबार, भदौ ३१, २०७७
कैलालीका पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

धनगढी– सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै पत्रकार महासंघ कैलालीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। धनगढीमा पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम, पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष अर्जुन शाह लगायतका पत्रकारको उपस्थितीमा भएको भेलाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गरेको हो।

महासंघको जिल्ला शाखा कैलालीको अगुवाइमा आजदेखि नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सुरु भएका छन्। महासंघका कोषाध्यक्ष हिमाल जोशीले दिएको जानकारी अनुसार आज दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको बताए।

‘भोली कालो पट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र पर्सी सञ्चार सामाग्रीसहित जिल्ला प्रशासन अगाडि धर्ना र प्रदर्शन गर्ने संघर्षका कार्यक्रम तय भएका छन्।’ कोषाध्यक्ष जोशीले भने। पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आईतवार धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालसम्म ¥याली र कोण सभा गरिएको थियो।

सोमवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर मुख्यमन्त्री त्रिलोभन भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो भने मंगलवार आन्तरिक मामिता तथा कानुन मन्त्रालयमा धर्ना दिइएको थियो।

समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो।

सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिएको थियो।

चर्चामा

सम्बन्धित समाचार