शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बिपन्न परिवारलाई खाद्यन्न सहयोग

बिपन्न परिवारलाई खाद्यन्न सहयोग

  • बुधबार, भदौ ३१, २०७७
बिपन्न परिवारलाई खाद्यन्न सहयोग

बाजुरा–लकडाउनका बेला खाद्य संकट समस्या भोग्नु परेका बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । समाजसेवि तथा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका (Nepal Healthcare Equipment Development Foundation (NHEDF) अध्यक्ष सम्राट सिं बस्नेत र एन्ड्रिया ड्रेवरको (Andrea drewer) को आर्थिक सहयोगमा बडिमालिका खबरको समन्वयमा राहत बितरण गरिएको छ । लकडाउनको बेला खाद्य संकटको मार खेपिरहेका ९ परिवारलाई खाद्यन्न सहयोग गरिएको छ ।


प्रति परिवार ५ हजार मुल्य बराबरको खाद्यन्न सहयोग गरिएको छ । यो संकटको बेला थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको समाजसेबि सम्राट सिं बस्नेतले बताएका छन् । जिल्लाका अतिबिपन्न परिवारलाई सहयोग गरिएको बस्नेतले वताएका छन् । थप संकटमा परेकालाई सहयोग गर्दै जाने उनले वताएका छन् ।


करिब डेढ महिना सम्म खानका लागि चामल, दाल, साबुन, तेल, नुन सहयोग गरिएको छ । सहयोग बुढिनन्दा नगरपालिका १ का दुबै मृगौला फेल भएका बिरे सार्की, सोही वडाका धन बहादुर रावत, वडा नम्बर ५ बुचि दमाईका परिवारलाइ सहयोग गरिएको छ । त्यस्तै बडिमालिका ४ कि पारु थापा, बुढिनन्दा नगरपालिका २ बस्ने रजि तिरुवा, ठुमुरा दमाई र पंख दमाइलाई खाद्यन्न सहयोग गरिएको छ ।


बाजुराको बुढिनन्नदा मेलामा दुई बर्ष पहिला गएको बेला बेपत्ता भएर मृत अबस्थामा फेला परेका पत्रकार तेजु खडका परिवारलाई पनि सहयोग गरिएको छ । तेजुकि श्रीमति तारा खड्कालाइ सहयोग गरिएको पत्रकार लक्ष्मिराज पाध्यायले वताएका छन् । त्यस्तै बडिमालिका ७ बस्ने बादुरे दमाईको परिवारलाइ पनि सहयोग गरिएको छ । बादुरे दमाईको परिवारलाई यो भन्दा पहिला सहयोग गरिएको थियो ।


संकटको बेला खाद्यन्न सहयोगले आफुहरुलाई ठुलो सहयोग भएको बुढिनन्दा नगरपालिका १ का धन बहादुर रावतले वताएका छन् । धन बहादुर रावतको शरिर पक्षघात भएर दुई महिना देखि अरुको घरको गोठमा बसिरहेका छन् ।

उनि सँग एउटा अपागं छोरा रहेका छन् । खाद्यन्न सहयोगले धन बहादुरको परिवारलाइ ठुलो सहयोग भएको वडा अध्यक्ष नृप खत्रिले वताएका छन् । समाजसेवी बस्नेतले गरेको सहयोगले ठुलो सहयोग भएको पारु थापाले वताएकि छन् ।


नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान र सम्राट सिं बस्नेतको पहलमा बाजुारका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ । केहीलाई सञ्चो भएर घर फर्किसकेका छन्, भने बाजुराका मात्र ३ जनाको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान मार्फत उपचार भइरहेको छ । बाजुरामा यो भन्दा पहिलो पनि बस्नेतले खाद्य संकट भोगेका १६ भन्दा बढि परिवारलाइ खाद्यन्न सहयोग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार