बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

  • बुधबार, भदौ ३१, २०७७
युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिए ।

‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।

डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।

सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।साभार

चर्चामा

सम्बन्धित समाचार