बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • फेरि बढ्न थाल्यो सुनको भाउ, आज एकैदिन प्रतितोला ६ सय रुपैयाँले वृद्धि

फेरि बढ्न थाल्यो सुनको भाउ, आज एकैदिन प्रतितोला ६ सय रुपैयाँले वृद्धि

  • मङ्लबार, भदौ ३०, २०७७
फेरि बढ्न थाल्यो सुनको भाउ, आज एकैदिन प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं– सुनको मूल्य लगातार दोस्रो दिन उकालो लागेको छ । दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

छावापाल सुनको भाउ बढ्दा मंगलबार तेजाबी सुन पनि ६ सयले नै बढेर ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिनभन्दा तोलाको २० रुपैयाँ महँगिएर मंगलबार चाँदी १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । केही दिन तोलाको ९६ हजार रुपैयाँको हाराहारीमा कारोबार भइरहेको सुन दुई दिनयता बढ्न थालेको हो ।

चर्चामा

सम्बन्धित समाचार