बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • स्थानीय निर्वाचनमा रूसको सत्तारूढ पार्टीलाई बहुमत निश्चित

स्थानीय निर्वाचनमा रूसको सत्तारूढ पार्टीलाई बहुमत निश्चित

  • मङ्लबार, भदौ ३०, २०७७
स्थानीय निर्वाचनमा रूसको सत्तारूढ पार्टीलाई बहुमत निश्चित

एजेन्सी — रूसको केन्द्रीय निर्वाचन आयोगले सोमबार सार्वजनिक प्रारम्भिक नतिजा अनुसार सत्तारुढ पार्टी युनाइटेड रसियाले शुक्रबारदेखि आइतबारसम्मको स्थानीय निर्वाचनको नतिजामा बहुमत सदस्य जित्न सफल भएको छ ।

रसियाका ८५ क्षेत्रमध्ये ८३ क्षेत्रमा गरिएको निर्वाचनले १८ क्षेत्रीय गभर्नर, चार प्रदेशका सभासद, ११ वटा क्षेत्रीय संसद सदस्य र २२ नगरपालिका सभाका सदस्यलाई निर्वाचित गर्नेछ । यूनाइटेड रसिया पार्टीले निर्वाचन भएका सम्पूर्ण पदहरूमा बहुमत प्राप्त गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क र जारी मत गणनाले देखाएको छ ।

‘निर्वाचन कुनै अवरोध विना सम्पन्न भएको र सामान्यतया स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न भएका छन्’ निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बताए ।

चर्चामा

सम्बन्धित समाचार