शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • गौमुल गाँउपालिकाको स्वास्थ्य शाखा देशकै उत्कृष्ट पाचौ स्थानमा

गौमुल गाँउपालिकाको स्वास्थ्य शाखा देशकै उत्कृष्ट पाचौ स्थानमा

  • सोमवार, भदौ २९, २०७७
गौमुल गाँउपालिकाको स्वास्थ्य शाखा देशकै उत्कृष्ट पाचौ स्थानमा

बाजुरा–बाजुराको गौमुल गाँउपालिकाको स्वास्थ्य शाखा देशकै उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । देशभरिका स्वास्थ्य संस्थामा समयमै रिपोटिङ्ग गर्ने उत्कृष्ट पाँचौमा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
प्रत्येक महिनाको ७ देखी १५ गते सम्म स्थानिय तहमा भएका स्वास्थ्य गतिबिधि र सेवा प्रदानको बारेमा रिपोटिङ्ग गरिसक्नु पर्ने हुन्छ, त्यो समय भित्र गत आर्थिक बर्ष सधै समयमै रिपोटिङ्ग गरेकोले उत्कृष्ट पाँचमा पर्न सफल भएको स्वास्थ्य कार्यलयले जनाएको छ । गौमुल गाँउपालिकाको स्वास्थ्य शाखाले ९७ प्रतिशत समयमै रिपोटिङ्ग र काम गर्ने गरेको पाइएको हो ।
गौमुल गाँउपालिका स्वास्थ्य संयोजक हरिश बिकले भने रिपोटिङ्ग मात्र नभइ गाँउपालिकाले नागरिकलाई दिने सेवा सुबिधा पनि अगाडि रहेको वताएका छन् । सरकारको निति निर्देशनमा रहेर जनताको सेवा गरिरहेको साथै स्वास्थ्यका कार्यक्रम र गतिबिधि समयमै गर्ने गरेको उनले वताए । गाँउपालिकाको साथ सहयोगले पनि सेवा प्रबाह सँगै देशमै उत्कृष्ट पाँच भित्र पर्न सफल भएको विकले वताए ।
बाजुराका अन्य ८ वटा स्थानिय तहको रिपोटिङ्ग भने समयमै नहुने र निकै कमजोर रहेको पाईएको छ । गौमुल गाँउपालिकाले दिने प्रत्येक स्वास्थ्य सेवामा नै जिल्लामा अगाडि रहेको पाईएको छ । गाँउपालिकाले देशमै फरक र नयाँ काम समेत गर्दै आएको छ । गौमुल गाँउपालिकाले मदिरा ब्यबस्थापन गर्नका लागि मदिरा सेवन परिचय पत्रको ब्यबस्थापन गरेर चर्चा पाएको थियो ।
गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने कर्मचारीको लगनशिलता र गाँउपालिकाको ब्यबस्थापन पाटोले गाँउपालिकाको स्वास्थ्य शाखा उत्कृष्ट बन्न सफल रहेको वताए । गाँउपालिका स्वास्थ्य शाखा मात्र नभइ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले स्वास्थ्य सेवामा राम्रो काम गरेको रोकायाले वताए । गौमुल गाँउपालिकाले देशका नाममा महिना दुइ दिन भनेर विकास निर्माणमा श्रबदान गर्ने काम गराइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार