शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो

नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो

  • सोमवार, भदौ २९, २०७७
नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।   २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५५ हजार ३२९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३९ हजार ५७६ उपचारपछि निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ।  १० हजार ८७८ सय जनाको आज पिसिआर परीक्षण भएको छ।

चर्चामा

सम्बन्धित समाचार