बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • कर्ण थापाले शिफारिस गरेको बाजुरा कर्णालीमा पक्की पुल बन्न बल्ल प्रक्रियाकाे थालनी

कर्ण थापाले शिफारिस गरेको बाजुरा कर्णालीमा पक्की पुल बन्न बल्ल प्रक्रियाकाे थालनी

  • सोमवार, भदौ २९, २०७७
कर्ण थापाले शिफारिस गरेको बाजुरा कर्णालीमा पक्की पुल बन्न बल्ल प्रक्रियाकाे थालनी

बाजुरा — बाजुरा भएर बग्ने कर्णाली नदिमा पक्की पुल बन्ने भएको छ । सडक बिभागले २८ गते ६६ लाख बराबरको सुचना प्रकाशित गरेपछि पुल बन्ने प्रक्रिया अगाडि बढेको छ ।  स्वामिकार्तिक गाँउपालिका ४ वाइ र हिमाली गाँउपालिका ६ वाँँधुको बिचमा पक्कि पुल बन्ने सडक बिभागले जनाएको छ ।
कर्ण थापा सांसद भएको बेला आर्थिक बर्ष ०७२।०७३ मा उनले कर्णालीमा पक्कि पुलका २० लाख बजेट बिनियोजन सहित योजना शिफारिस गरेका थिए । सरकारले योजनामा राखिसकेपछि धेरै ठाँउमा सर्वे गरेको थियो । पक्कि पुल बन्न बाधुमा उपयुक्त हुने भएपछि कर्णालीमा पक्कि पुल बन्ने भएको छ ।
स्वामिकार्तिक घर भएका नेकपाका युवा नेता नरेश शाहीले भने नेकपाका प्रदेश अध्यक्ष कर्ण थापा सासंद भएको बेला कर्णालीमा पक्की पुलको योजना राखेको उनले वताए । बिचमा तल पिलिचौरमा हुनुपर्ने केही विवाद आएपनि अहिले सबैको सहमतिमा नै बाधुमा पक्कि पुल बन्ने भएको शाहीले वताए ।


आर्थिक बर्ष ०७२।०७३ मा योजनामा राखिएको उक्त पुल सर्वेका लागि भन्दै २० लाख र आर्थिक बर्ष ०७३।०७४ दश लाख प्रश्ताबित गरेर सर्वे डिजाइन प्रक्रियामा अगाडी बढेको थियो । सडक बिभागको अध्यनन पुरा भइसकेपछि बल्ल बाजुराको कर्णाली नदिमा पक्कि पुल बन्ने भएको नेता शाहीले बडिमालिका खबरलाइ बताएका छन् ।

v
नेकपा शुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा पुर्व मन्त्रि कर्ण थापाले २०७२ सालमा सासंदले एउटा ठुलो योजना छनौटमा कर्णालीको पुल छनोट गरेको बताएका हुुन नेता शाहीलेे बडिमालिका खवरलाइ बताएका छन् । त्यो बेला प्रक्रियामा लिएको हो, अहिले बल्ल पक्कि पुल बन्न भएको नेता थापाले वताएका छन् । बिचमा तल माथि केहीको विवाद आएको भएपनि सबै सहमतिमा पक्कि पुल बन्ने भएको थापाले वताए ।
कर्णालीमा पक्कि पुल बन्ने भएपछि कर्णाली पारिको एक मात्र स्वामिकार्तिक गाँउपालिका सडक सञ्जालमा जोडिने भएको छ । यो बर्ष बाट पुलको डिजाइन र स्टमेट तयार भएर प्रक्रिया अगाडि बढेको सडक बिभागले वताएको छ । नेकपा नेता दयाल शाहिले भने लामो प्रयास पछि कर्णालीमा पुल बन्ने भएपछि स्थानिय खुशि भएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार