• होमपेज
  • समाज
  • बिपन्न परिवारलाइ जाङ्बु शेर्पाकाे सहयोगमा खाद्यन्न सहयोग

बिपन्न परिवारलाइ जाङ्बु शेर्पाकाे सहयोगमा खाद्यन्न सहयोग

  • शनिबार, भदौ २७, २०७७
बिपन्न परिवारलाइ जाङ्बु शेर्पाकाे सहयोगमा खाद्यन्न सहयोग

बाजुरा–बाजुराका ४ बिपन्न परिवारलाइ खाद्यन्न सहयोग गरिएको छ । बडिमालिका खबरको समन्वय र काठमाडौ बस्ने जाङ्बु शेर्पा सहयोगमा खाद्यन्न सहयोग गरिएको छ । कोरोनाका कारणले भारत बाट रोजगारी गुमाएका परिवारलाइ १ महिना पुग्ने गरि खाद्यन्न सहयोग गरेको पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले वताएका छन् ।


खोज पत्रकारिता केन्द्रले भारतमा रोजगारी गुमाएका परिवार बिच्चलीमा समचार प्रकाशित पछि ४ परिवारलाई ३२ हजार बराबरको खाद्यन्न सहयोग गरेको जाङ्बु शेर्पाले वताएका छन् । सहयोग बाजुराको त्रिवेणी नगरपालिका–८ झालगाउँका नौले दमाई, बूढीनन्दा नगरपालिका–२ कोल्टीकी अम्बिका कार्की, बडिमालिका नगरपालिका–२ माझीगाउँकी कलमती दमाईको परिवारलाइ खाद्यन्न सहयोग गरिएको छ । त्यस्तै बुढिन्नदा नगरपालिका १ पिपलडाँलि बस्ने ६० बर्षिय दुबै मृगौला फेल भएका मुक्त हलिया विरे सार्कीको परिवार पनि खाद्यन्न सहयोग गरिएको छ ।


परिवार नै बिच्चलीमा परेको समचार आएपछि थोरै भएपनि १ महिना सम्मको लागि खाद्यन्न सहयोग गरेको जाङ्बु शेर्पाले वताएका छन् । अम्बिका कार्कीले भनिन्, खाद्यन्न सहयोगले बाल बच्चा पाल्नका लागि ठुलो सहयोग भएको वताईन् । श्रीमान भारत बाट नेपाल फर्कने बेला नेपालगञ्जमा लडेर मृत्यु भएपछि अम्बिकाको परिवार बिच्चलीमा रहेको थियो ।


त्यस्तै नौले दमाई परिवार पनि बिच्चलीमा रहेको छन् । नौलेले भने चामल, दाल, तेल, साबुन सहयोग गर्दा निकै सहज भएको वताए । कलमतीले श्रीमानको मृत्युमा समेत कात्रो पाउन सकेकी थिइनन् । क्वारेन्टाइनबाट घर फर्केपछि कलमतीको विजोग शुरू भयो । उनको पुरानो घर भत्किसकेको छ, अरूको घरमा बसिरहेकी कलमतीलाई गाउँलेहरूले खाद्यान्न सहयोग गरेर बिहान–बेलुका खाने व्यवस्था गरेका छन् ।


जाङ्बु शेर्पाले १६ पटक सगरमाथा आरोहरण समेत गरिसकेका छन् । उनले बिश्वका अन्य हिमाल पनि आरोहरण गरी सकेका जाङ्बु पछिल्लो समय सामाजिक सेवामा लागि परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार