सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • प्रेस संगठन सुदूरपश्चिमद्वारा सञ्चार गृहमा प्रवेशगरी आक्रमण गर्नेलाई कारवाहीको माग

प्रेस संगठन सुदूरपश्चिमद्वारा सञ्चार गृहमा प्रवेशगरी आक्रमण गर्नेलाई कारवाहीको माग

  • शनिबार, भदौ २७, २०७७
प्रेस संगठन सुदूरपश्चिमद्वारा सञ्चार गृहमा प्रवेशगरी आक्रमण गर्नेलाई कारवाहीको माग

धनगढीः प्रेस संगठन नेपाल सुदूरपश्चिम कमिटीले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीको हवाला दिएर सम्प्रेषण भएको समाचारको विषयमा पत्रकारमाथि कृटपिट हुनु अत्यन्तै निन्दनिय भएको भन्दै संगठनले उक्त कार्य स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको ठहर गरेको छ।

कमिटीका सुदूरपश्चिम सहसंयोजक नवराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनीएको छ, ‘यो घटना घटाउने जो सुकै समुह तथा दलका कार्यकर्ता भएपनि सञ्चार गृहमा पसेर जघन्य अपराध सक्रिय अपराधीहरुलाई चाडो भन्दा चाडो पक्राउ गरी कारवाही गर्न प्रशासन समक्ष आग्रह गर्दछौं। घटनामा दोषी विरुद्ध किटानी जाहेरी समेत भएको अवस्थामा घटनाको २४ घण्टा बितिसक्दा समेत आक्रमण गर्ने पक्राउ नहुन यो भन्दा दुःखद खबर अरु केहि हैन।’

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका थिए। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।

आक्रमण गर्ने तथा मृतकका आफन्तले भने थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार